FLASH NEWS
  • Loading...

पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे सदनलाई जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

  • गोल्डेन खबर
  • २ साल अघि
  • १३९ पटक पढिएको
पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे सदनलाई जवाफ दिन सरकारलाई सभामुखको रुलिङ


काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नुपर्ने कारणबारे सदनमा जवाफ दिन सरकारलाई रुलिङ गर्नुभएको छ ।

सभामुख सापकोटा सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सरकारलाई पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नुपर्ने कारणबारे सदनलाई जवाफ दिन सरकारलाई रुलिङ गर्नुभएको हो ।

बैठकको शुरुमै एमाले सांसद पद्‍मा अर्यालले मूल्यवृद्धिबारे सदन र जनतालाई सम्बन्धित मन्त्रीले जवाफ दिनुपर्ने र यसका लागि रुलिङ जारी गर्न सभामुख सापकोटासँग माग गर्नुभएको हो ।

सरकारले जनतामाथि अत्याचार गरेको भन्दै उहाँले रुलिङ जारी नभएसम्म बैठक चल्न नसक्ने बताउनुभयो । सभामुख सापकोटाले त्यसपछि सरकारको नाममा रुलिङ गर्नुभएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित