FLASH NEWS
  • Loading...

निर्वाचनमा तालमेलको मोडालिटी तयार गर्न गठबन्धनको बैठक जारी

  • गोल्डेन खबर
  • २ साल अघि
  • १२७ पटक पढिएको
Post Thumbnail


काठमाडौं- स्थानीय तहको निर्वाचनको विषयमा छलफल गर्न सत्तारूढ गठबन्धनको बैठक बसिरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको औपचारिक भ्रमण गरेर स्वदेश फर्किएपछि गठबन्धनको बैठक बसेको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा स्थानीय तह निर्वाचनमा तालमेलको मोडालिटी तयार गर्नेबारे छलफल भइरहेको एक नेताले बताए ।

आजको बैठकले स्थानीय तहमा हुने चुनावी तालमेलको मोडालिटी टुंग्याउने उनको भनाइ छ । यसअघि चैत १७ गते बसेको गठबन्धनको बैठकले निर्वाचनमा तालमेल गर्ने निणर्य गरेको थियो ।

बैठकमा प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका संघीइ परिषद् अध्यक्ष बाबुराम भट्टराईलगायत गठबन्धनका शीर्ष नेताहरु सहभागी छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित