FLASH NEWS
  • Loading...

नेपालको संसदीय इतिहासमै पहिला अभ्यास

  • गोल्डेन खबर
  • २ साल अघि
  • ७६ पटक पढिएको
Post Thumbnail

अमेरिकी सहायता परियोजना एमसीसी सम्झौताका कतिपय बुँदाहरुमा असहमति जनाएको सत्ता गबठन्धनको माओवादी र एकीकृत समाजवादीले व्याख्यात्मक टिप्पणीसहित संसदबाट अनुमोदन गर्ने भएको छ ।
यो अभ्यास नेपालको संसदीय इतिहासमै पहिलो हो । एमसीसीका विषयमा सर्प पनि मर्ने लट्ठी पनि नभाच्चिने सूत्र प्रयोग गरे एमसीसी पारित हुने छ ।

बुँदाहरुमाथिका व्याख्यात्मक टिप्पणी सम्झौताको अंग बन्न सक्छ वा सक्दैन र अमेरिकाले त्यसलाई स्वीकार्छ कि स्वीकार्दैन ? यो प्रश्न भने जवर्जस्त रुपमा उठेको छ ।

एमसीसी सम्झाताका व्याख्यात्मक टिप्पणी प्रतिनिधि सभाबाट पास गरेर अमेरिका पठाउने तयारी सरकारले गरिरहेको छ । मन्त्रिपरिषद्ले व्याख्यात्मक टिप्पणी पास गरेर पठाएपछि त्यसलाई सम्झौताको पूरक प्रस्तावको रूपमा प्रतिनिधि सभामा टेबल गरिनेछ ।

प्रतिनिधि सभाबाट एमसिसी सम्झौता र व्याख्यात्मक टिप्पणी दुबै एकसाथ पारित गर्ने सरकारको तयारी छ । पारित गरेपछि दुबैको जानकारी सम्बन्धित देशलाई परराष्ट्र मन्त्रालयमार्फत् पठाउने सरकारको तयारी छ ।

व्याख्यात्मक टिप्पणी एमसीसी सम्झौता संशोधन होइन । संशोधन नगरी पारित गर्न नहुने अडानमा रहेका दलहरुले जुन तरिका अपनाए पनि यो एक किसिमले उनीहरुको पूर्व अडानबाट पछि हटेसरह हो । व्याख्यात्मक टिप्पणीलाई अमेरिकाले सदर गरेर संशोधनका रुपमा नलिन पनि सक्छ ।

कुनै पनि सन्धि, सम्झौताको संशोधन एकतर्फी रुपमा हुँदैन । संशोधन दुई पक्ष मिलेर मात्र हुन्छ । व्याख्यात्मक टिप्पणी भनेको नेताहरुको बुझाइ र भनाइ पारित गरेर अमेरिका पठाउने हो ।

व्याख्यात्मक टिप्पणी कुनै कानूनी व्यवस्था हैन । यदि यो कार्यान्वयन भयो भने संशोधन भएको मानिनेछ भने अमेरिकाले व्याख्यात्मक टिप्पणी अस्वीकार गर्यो भने पनि एमसीसी भने जस्ताको तस्तै पारित भएको मानिनेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित