FLASH NEWS
  • Loading...

काठमाडौंको फोहोर उठेन्, महानगर भन्छ-कुहिने फोहोर आफ्नै घरमा व्यवस्थापन गर्नू

  • गोल्डेन खबर
  • २ साल अघि
  • ७३ पटक पढिएको
Post Thumbnail

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा १० दिनदेखि फोहोर व्यबस्थापन नहुँदा सहर नै दुर्गन्धित बनेको छ । उपत्यकाको सडकहरु फोहोरले भरिएका छन् भने बाटोमा हिँड्ने यात्रीहरु पनि मुख छोपेर हिड्न बाध्य भएका छन् ।

उपत्यकामा यतिबेला फोहोर व्यवस्थापन भन्दा पनि एमसीसीको तर्क वितर्कमा नेताहरु उत्रिएका छन् । जहाँ त्यही अव्यवस्थित छरिएको फोहोरले विभिन्न रोगहरुको संक्रमण पनि उच्च भएको छ । जहाँ फोहोर लगेर फालिन्थो त्यस ठाउँका स्थानीयवासीहरुले फोहोर व्यवस्थापन गर्न दिएका छैनन् ।

यता फोहोर चाँडो उठाउन उपत्यकावासीहरुले माग गरिरहेका छ । एक स्थानीय भन्छन्, ‘करिव १० दिनदेखि फोहोर उठेको छैन, त्यो कुहिएर दुर्गन्ध फैलिन सुरु भइसकेको छ ।’

अहिले पासाङल्हामु राजमार्गका बासिन्दाले सडक नबनेको भन्दै आन्दोलन गरिरहेका छन् । जसले गर्दा काठमाडौँ उपत्यकाको फोहोर डिस्पोजल गर्ने क्षेत्र भित्र गाडी नपठाएको हुनाले अहिले फोहोर उठि नसकेको हो ।

काठमाडौँ महानगरपालिका वातावरण विभाग प्रमुख सरिता राईले अनुसार पासाङल्हामु राजमार्गका बासिन्दाले आन्दोलन फिर्ता लिएपछि फोहोर ब्यबस्थापन हुने बताइन् ।

हाल फोहर विसर्जन गरिएको स्थान नुवाकोटको सिसडोलसम्म पुग्ने सडक कालो पत्रे नभएको भन्दै पासाङल्हामु राजमार्गका बासिन्दाले आन्दोलन गरिरहेका छन् । जसले गर्दा उपत्यकाको १८ स्थानीय तहका फोहर उठाउन नसकिएको वातावरण विभाग प्रमुख राइले बताइन् ।

विभागले फोहोरको गाडी डिस्पोजल क्षेत्र भित्र नपठाएदेखि नै त्यो समस्या समधान गर्न लागिपरेका छन् । सडक विभागलाई सक्दो चाडो सडक कालो पत्रे गरिदिन र स्थानीय बासिन्दाहरुको माग सम्बोधन गरिदिने सम्बन्धी समन्वय कार्य गरिरहेको उनले बताएकी छन् । उनले भनिन्, ‘सम्बन्धित ठकेदार कम्पनीलाई काममा लगाउने हामीले होइन सडक विभागको हो । त्यही भएर हामीले समन्वय गरिरहेका छौँ ।’

फोहोर ब्यबस्थापनको अन्य वैकल्पिक व्यवस्था नभएको हुनाले अहिले उपत्यकामा फोहोर थुप्रिरहेका छन् । उपत्यकामा समय समयमा फोहोर थुप्रिने समस्या उत्पन्न हुँदै आएका छन् । यस समस्याको दीर्घकालीन समाधान ननिकालिएमा यसले गर्मी याममा अत्याधिक समस्या बढ्ने देखिएको छ ।

फोहोर व्यवस्थापनको लागि आन्दोलित स्थानीय र सडक विभागबीच सडक कालो पत्रे पक्का हुने भन्ने कुरा मिलाएर फोहोर डिस्पोजल गर्ने क्षेत्र भित्र जान गाडीको लागि बाटो खुल्ला गरिदिनु भन्दै विभाग लागिपरेको उनले बताइन् ।

‘फोहोर व्यवस्थापन गर्ने कार्य महानगरको मात्र नभएर नगरबासीको पनि हो ।’ उनले भनिन्,’ नगरबासीले पनि यो आफ्नो सहर हो । सहर फोहोर गर्नु हुन्न भनेर आफ्नै घरमा व्यवस्थापन गर्नु पर्‍यो ।’

आफ्नो घर सफा राखेर सडकमा फोहोर फाल्ने मानसिकता त्याग्नु पर्ने र कुहिने/नकुहिने फोहोर छुटाईएर त्यसलाई त्यही अनुरुप व्यवस्थापन गर्नु पर्ने विभाग प्रमुख राईले बताइन् ।

फोहोर ब्यबस्थापन महानगर विभागको एकलौटी दायुत्व मात्र नभएको र राज्यले पनि हेर्ने आशा रहेको उनी बताउँन्छिन् । काठमाडौँ उपत्यकामा थुप्रिएको फोहोरले रोग फैलिनु अगावै फोहोर डिस्पोजल क्षेत्रमा जावस् भनेर आन्दोलित स्थानियबासीहरुलाई फोहोरको गाडी जान दिन अनुरोध गरिरहेको उनले बताइन् । उनले भनिन्,’फोहोर व्यबस्थापन कहिलेसम्म हुन्छ भन्ने कुरा निश्चित छैन । आन्दोलनकर्ताहरुसँग बार्ता भइरहेको छ ।’

यो भन्दा अगाडि पनि बाटो कालो पत्रे हुनु पर्‍यो भन्दै कयौ पटक त्यस क्षेत्रका स्थानीयबासीले आन्दोलन गरिसकेका छन् । त्यो क्षेत्रको बाटो कालो पत्रे गर्ने काम २०७० सालदेखि सुरु भएको तर ८ बर्ष भइसक्दा पनि कालो पत्रे गर्ने कार्य पुरा नभएको हुनले अब कालो पत्रे नभएसम्म फोहोरको गाडि डिस्पोजल क्षेत्र जान नदिने आन्दोलनकर्ताले अडान राखेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित