FLASH NEWS
  • Loading...

आज प्रधानमन्त्री देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मालाई बालुवाटारमा बोलाएका छन्

  • गोल्डेन खबर
  • २ साल अघि
  • ८१ पटक पढिएको
Post Thumbnail


प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको चुनावको मिति घोषणा र एमसीसी अनुमोदनको विषयलाई लिएर आज प्रमुख प्रतिपक्षी दलका प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मालाई बालुवाटारमा बोलाएका छन् ।

अध्यक्ष ओलीका प्रेस संयोजक रामशरण बजगाईंका अनुसार अपराह्न ४ बजे बालुवाटारमा ओलीले देउवालाई भेट्ने कार्यक्रम छ । ओलीसँगको भेटमा प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि आमन्त्रण गरेका छन् ।

स्थानीय तहको चुनावको मिति घोषणाअघि प्रतिपक्षी दलका नेतासँग छलफल गर्ने समयमा प्रमुख सत्ता साझेदार माओवादीका अध्यक्ष प्रचण्डलाई पनि देउवाले सँगै राख्न खोजेको बालुवाटार स्रोतले जानकारी दियो ।

एमसीसी अनुमोदनको विषयलाई लिएर गठबन्धनमा खटपट गइरहेको समयमा आजको त्रिपक्षीय भेटलाई अर्थपूणर् रूपमा हेरिएको छ ।

एमसीसी मुख्यालयलाई लेखेको पत्र एकतर्फी ढंगले सार्वजनिक गरिएकोमा प्रचण्ड रुष्ट छन् ।

माओवादीले अहिलेकै अवस्थामा एमसीसी अनुमोदन गर्न नसकिने भन्दै जबरजस्ती पारित गर्ने भए एमालेको सहयोग लिन देउवालाई आग्रह गरेको स्रोतको दाबी छ ।

सत्ता गठबन्धनले धारणा बनाएपछि मात्र धारणा बनाउने भन्दै एमसीसी अनुमोदनबारे एमालेले औपचारिक धारणा सार्वजनिक गरेको छैन ।

ओली प्रधानमन्त्री रहेको समयमा पनि एमसीसी अनुमोदनको प्रयास भएको थियो । प्रतिपक्षी भूमिकामा गएपछि ओलीले एमसीसीको पक्ष या विपक्षमा बोलेका छैनन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित