FLASH NEWS
  • Loading...

एमसीसी टेबुल गर्ने तयारीमा प्रधानमन्त्री देउवा

  • गोल्डेन खबर
  • २ साल अघि
  • ८० पटक पढिएको
Post Thumbnail


काठमाण्डौ– अगामी माघ २६ गते बोलाइएको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) टेबुल गर्ने तयारीमा लागेका छन् ।

गठबन्धन दलहरुबीच सहमति भई परिस्थिति अहिलेको अवस्थाबाट अघि बढेमा एमसिसी संसदमा प्रस्तुत हुने स्रोतले जनाएको छ । विधान अनुसार अर्थमन्त्री जनार्दन शर्माले संसदमा एमसिसी टेबुल गर्नुपर्छ । अर्थमन्त्री शर्मालाई यति बेला कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण निको नभए उनी सो बैठकमा उपस्थित हुन सक्दैनन्। सम्बन्धित मन्त्री नभए अर्को मन्त्रीले टेबुल गर्ने संसदीय अभ्यास छ ।

जसबाट अर्थमन्त्रीको ठाउँमा अन्य कुनै मन्त्रीले एमसिसी टेबुल गर्न बाधा पर्दैन । प्रधानमन्त्री देउवाले एमसीसी पास गर्न सहयोग नगरे गठबन्धन फुट्ने चेतावनी दिएका छन् । देउवाको गठबन्धन फुट्ने चेतावनी पछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमसीसीबारे आफ्नो धारणा बनाउन केहीँ दिनको समय मागेका छन् ।

प्रचण्ड–माधवले संशोधन नगरि एमसीसी पास नहुने दाबी गर्दै आएका छन् । तर स्रोतका अनुसार यी दुबै अध्यक्षले देउवासँग तिनै तहको चुनावमा गठबन्धन गर्ने भए एमसीसी पास गर्न सहयोग गर्ने प्रस्ताव गरेका छन् ।

यता नेकपा एमालेले एमसीसी परियोजना एउटा विकास परियोजना भएकाले एमसीसी लिने कि नलिने नेपालको सार्वभौम संसदको, नेपालको राजनीतिक दलहरुको स्वेच्छिक रोजाइको विषय भएको बताएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित