FLASH NEWS
  • Loading...

देशका अधिकांश स्थानमा चट्याङ र असिनासहित वर्षाको सम्भावना

  • गोल्डेन खबर
  • २ साल अघि
  • ८४ पटक पढिएको
Post Thumbnail


काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज देशका धेरै स्थानहरुमा मेघ गर्जन, चट्याङ र असिना सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताएको छ ।

महाशाखाले आज २४ घन्टामा देशका धेरै स्थानमा मेघ गर्जन, चट्याङ र असिनासहित वर्षाको सम्भावना रहेको जनाएको हो । महाशाखाका अनुसार गण्डकी तथा लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जसले गर्दा अहिले देशभर सामान्यदेखि पूणर् बदली भई धेरै स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार शुक्रबार दिउँसो देशभर सामान्यदेखि पूणर् बदली रहने छ । देशका धेरै स्थानमा मेघ गर्जन र चट्याङ र असिना सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै गण्डकी तथा लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको मौसमविद्हरुले बताएका छन् ।

शुक्रबार राति देशभर सामान्यदेखि पूणर् बदली रहने उनीहरुले जानकारी दिए । प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ र असिना पर्ने तथा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम, कणर्ाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद्हरुले जनाएका छन् । देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

गएराति परेको वर्षाले काठमाडौँ उपत्यकाका फूल्चोकी, शिवपुरी, चन्द्रागिरीलगायतका स्थानमा हल्का हिमपात भएको छ । ती स्थान अहिले हिउँले सेताम्मे देखिएका छन् ।

मौसमविद्हरुका अनुसार शनिबार दिउँसो देशका प्रदेश नं १, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहनेछ । प्रदेश नं १, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा अन्य प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित