FLASH NEWS
  • Loading...

अन्ततः जेठ ४ गते स्थानीय चुनाब

  • गोल्डेन खबर
  • २ साल अघि
  • ८५ पटक पढिएको
Post Thumbnail


काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको चुनाव आउँदो जेठ ४ गते गर्ने घोषणा गरेका छन् ।

जेठ ५ गते २०७४ सालमा निर्वाचित पदाधिकारीको कार्यकाल सकिने हुँदा एक दिनअघि चुनाव गर्ने गरी औपचारिक रुपमा मिति घोषणा हुने जानकारी सोमबार दिएका हुन् ।

कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवालाई भेट्न बागमति प्रदेशका सभापति इन्द्र बानियाँसहित बालुवाटार गएका कांग्रेस नेताहरुसँगको कुराकानीका क्रममा उनले जेठ ४ गतेका लागि चुनावको मिति केही दिनमै घोषणा हुने बताएका हुन् ।

बानियाँले सभापतिसँग चुनाव कहिले हुन्छ भनेर सोधेका थिए। जवाफ प्रधानमन्त्री देउवाको भनाइ उद्धृत गर्दै उनले भने, ‘चुनाव जेठ ४ गते हुन्छ । केही दिनमै मिति घोषणा गर्छु ।’

भेटमा सहभागी कांग्रेसका एक पूर्वकेन्द्रीय सदस्यले पनि प्रधानमन्त्रीले जेठ ४ गते चुनाव हुने बताएको जानकारी दिए । ‘हामीले चुनाव कहिले हुन्छ भनेर सोध्यौँ । उहाँले जेठ ४ गते भन्नुभएको छ’, उनले भने ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित