FLASH NEWS
  • Loading...

अमेरिकामा हिमानी ट्रष्ट युएसएको औपचारिक उद्घाटन

  • गोल्डेन खबर
  • २ साल अघि
  • ९२ पटक पढिएको
Post Thumbnail


जनवरी १९, बुधबार । हिमानी ट्रष्ट युएसएको औपचारिक उद्घाटन सम्पन्न भएको छ । अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनिया राज्यको पुरानो तथा पर्यटकीय शहर लिजबर्ग शहरमा एक भब्य समारोह बीच हिमानी शाहले उद्घाटन गर्नु भएको हो ।

हिमानी ट्रष्ट युएसएको औपचारिक रुपमा शुभारम्भ गर्दा हिमानी शाहले पानसमा बत्ति बाल्दा पण्डित राजेन्द्र खनाल गुरुले मन्त्र उच्चारण गर्नु भएको थियो । समारोहमा हिमानी शाहले आफ्नो सँस्था र यसको सेरोफेरोमा चर्चा गर्नु भएको थियो भने संक्षेपमा ट्रस्ट (गुठी) को बारेमा पनि बताउँदै साथै सबै सहयोगीहरुलाई धन्यबाद दिनु भएको थियो ।
उक्त समारोहमा हिमानी ट्रस्ट युएसएका बिभिन्न शाखाका पदाधिकारी, स्थानीय सामाजिक अभियन्ता, बिदेशी पाहुना सहितको उपस्थितिमा विधिवतरुपमा हिमानी ट्रष्ट युएसएको उद्घाटनगरिएको छ ।

हिमानी शाहलाई पन्च कन्याहरुले पुष्प गुच्छा द्वारा स्वागत गरिएको थियो भने समारोहमा नेपाली राष्ट्रिय गान तथा अमेरिकी राष्ट्रिय गान बजाईएको थियो । समारोहमा हिमानी ट्रस्ट युएसए भर्जिनियाकी सुनिता खत्री तथा मेरिल्याण्ड शाखाकी केमिका भण्डारीले शाहलाई पुष्प गुच्छा प्रदान गरि स्वागत गर्नु भएको थियो ।

समारोहमा हिमानी ट्रस्ट युएसएका महा सचिव आनन्दु लामाले स्वागत मन्तब्य राख्नु भएको थियो । यसै गरि त्यहाँ उपस्थित हुनु भएका बिदेशी पाहुनाहरुले मन्तब्य राख्दै हिमानी शाहको हिमानी ट्रष्ट तथा उहाँले सामाजिक सेवामा पुर्‍याएको योगदानलाई मुक्त कण्ठले सबैले प्रशंसा गर्नु भएको थियो । सबै बिदेशीले शुभकामना दिनुको साथै अमेरिकामा पनि हिमानी ट्रस्ट खुलेकोमा बधाई तथा शुभकामना दिनु भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित