FLASH NEWS
  • Loading...

तीनै तहको निर्वाचन मंसिरमा गर्नेगरि कांग्रेसमा छलफल

  • गोल्डेन खबर
  • २ साल अघि
  • ९९ पटक पढिएको
Post Thumbnail


काठमाडौं, ५ माघ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसभित्र चुनावलाई केन्द्रित गरेर छलफल सुरु भएको छ । प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले बैशाखमा स्थानीय तहको निर्वाचन गर्ने कि नगर्ने भनेर आफूनिकट नेताहरुसँग सरसल्लाह गरिरहेका छन् ।
हिजोमात्रै उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा स्थानीय तहको निर्वाचन बैशाखमै गर्नेबारे छलफल भएको थियो । तर, यसमा गठबन्धनमा आवद्ध सबै दलको समान धारणा बनिसकेको छैन् । प्रधानमन्त्री देउवाले आफ्नो पार्टीभित्र पनि यस विषयमा छलफल चलाएका छन् ।

प्रधानमन्त्री देउवा यो संसद्को पूरा अवधि नै सरकार सञ्चालन होस भन्ने चाहन्छन् । त्यसको लागि उनले गठबन्धनमा आवद्ध नेताहरुलाई चिढ्याउन चाहेका छैनन् । यसअघि प्रचण्ड र माधव कुमार नेपालले स्थानीय तहको निर्वाचन बैशाखमै गर्न नहुने बरु प्रतिनिधिसभाको निर्वाचनपछि मात्रै स्थानीय तहको निर्वाचन गर्नुपर्ने राय प्रस्तुत गरेको समाचार आएका थिए ।

सायद, प्रचण्ड र माधव नेपालको असन्तुष्टिको कारण देउवाले पार्टीभित्र पनि सुरुमा संघीय संसद्को निर्वाचन गराउनेबारे छलफल थालेका छन् ।

कांग्रेसनिकट स्रोतले जनाएअनुसार सुरुमा प्रतिनिधिसभाको निर्वाचन गराउने अनिमात्रै स्थानीय तह र प्रदेश सभाको निर्वाचन गराउनेबारे छलफल भएको र यसमा प्रधानमन्त्री देउवा पनि सहमत भएका छन् । तीनै तहको निर्वाचन गराउँदा चाहीँ मंसिरमा गराउनुपर्ने संवैधानिक बाध्यता छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित