FLASH NEWS
  • Loading...

प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई चार वर्षको जेल सजाय

  • गोल्डेन खबर
  • २ साल अघि
  • ६२ पटक पढिएको
Post Thumbnail

एजेन्सी, २६ पुस। म्यानमारको सैन्य अदालतले प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई चार वर्षको जेल सजाय सुनाएको छ । सुकीलाई बिना लाइसेन्स वाकी–टकी राखेको आरोप लगाइएको छ। फेब्रुअरीमा, सेनाले नागरिक सरकारमाथि सैन्य विद्रोह गरेर सुकीलाई अपदस्थ गरेको थियो । उनीमाथि असन्तुष्ट समूहलाई उक्साएको, सरकारले जारी गरेको कोभिड नियम उल्लंघन गरेको अभियोगमा ४ वर्ष जेल सजाय सुनाइएको थियो । उनीमाथि भ्रष्टाचार, गोप्य ऐन उलंघनलगायत ११ वटा आरोप लगाइएको थियो ।

पछि यो सजाय घटाउँदै साढे दुई वर्ष घरमै नजरबन्द हुनुपर्ने बताएको थियो । धेरै रिपोर्टका अनुसार सत्ता परिवर्तनपछि भएको हिंसात्मक प्रदर्शनमा १ हजार बढी मानिसको मृत्यु भएको छ । डिसेम्बरमा सुकीको सजायको अन्तर्राष्ट्रिय निन्दा भएको थियो । म्यानमारका जनताले यो निर्णयप्रति असन्तुष्टि जनाएका थिए ।

यस निर्णयमा ह्युमन राइट्स वाचका अनुसन्धानकर्ता मेनी मोङले अर्को सजायले राष्ट्रियस्तरमा असन्तुष्टिलाई थप गहिरो बनाउने बताएका थिए । उनले समाचार एजेन्सी एएफपीलाई भनेका थिए, ‘जब उनलाई पछिल्लो पटक सजाय सुनाइएको थियो, यो मुद्दा म्यानमारमा सामाजिक सञ्जालमा सबैभन्दा बढी चर्चामा र जनआक्रोश पनि थियो ।’–

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित