FLASH NEWS
  • Loading...

विनोद चौधरीविरूद्ध निर्वाचन आयोगमा उजुरी

  • गोल्डेन खबर
  • २ साल अघि
  • ५९ पटक पढिएको
Post Thumbnail


नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका विनोद चौधरीविरूद्ध निर्वाचन आयोगमा उजुरी परेको छ ।

’असंवैधानिक’ केन्द्रीय सदस्य पद खारेज गर्न माग गर्दै चौधरीविरूद्ध बुधबार उजुरी परेको हो । विधानविपरीत हुने गरी चौधरी केन्द्रीय सदस्य बनेको दाबी गर्दै उक्त पद खारेजीको माग निर्वाचन आयोगमा उजुरी परेको छ ।

चौधरीको पद खारेज गर्दै उक्त पदमा आफ्नो नाम राख्न माग राखेर सिराहा क्षेत्र नम्बर ३ का महासमिति सदस्य सुभाषचन्द्र यादवले निर्वाचन आयोगमा निवेदन दिएका हुन् ।

चौधरी मधेशी कोटाअन्तर्गत उम्मेदवार थिए ।
विधानमा १० वर्ष निरन्तर कांग्रेसको क्रियाशील सदस्य भएको महाधिवेशन प्रतिनिधि मात्र केन्द्रीय सदस्य उम्मेदवार हुन पाउने उल्लेख भएको भए पनि चौधरीको उक्त अवधि नपुग्ने दाबी यादवले गरेका छन् ।

‘मधेशी खुल्ला पदमा निर्वाचित भएको भनिएको विनोद चौधरी कांग्रेसमा निरन्तर १० वर्ष क्रियाशील सदस्य नभएको निज २०७४ मा कांग्रेसमा प्रवेश गरेकोले निजको केन्द्रीय सदस्यमा उम्मेदवार नै हुन नपाउने स्पष्टै छ,’ उजुरीमा भनिएको छ ।

चौधरीविरूद्ध कांग्रेस केन्द्रीय निर्वाचन समितिमा निवेदन दिँदा सुनुवाइ नभएकोले आयोग आउनुपरेको निवेदनमा यादवले उल्लेख गरेका छन् ।

‘नेपाली कांग्रेसको विधान विपरीत हुने गरी निवाचित भनिएको चौधरीको सम्बन्धमा कांग्रेस केन्द्रीय कार्यालय र कांग्रेस केन्द्रीय निर्वाचन समितिमा उजुरी गर्दा पनि कुनै सुनुवाइ नगरेबाट राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १४, १५, १७, ५७ समेतको आधारमा प्रस्तुत उजुर निवेदन पत्र पेश गरेको छु,’ यादवले भनेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित