FLASH NEWS
  • Loading...

ओमिक्रन विश्वका अधिकांश देशमा देखिएता पनि नेपाल खतरामुक्त !

  • गोल्डेन खबर
  • ३ साल अघि
  • १०२ पटक पढिएको
Post Thumbnail

विश्वभर कोरोना भाइरसको ओमिक्रन प्रजाति द्रुत गतिमा फैलिइरहेको छ । विशेषगरी यूरोपमा भाइरस अत्याधिक फैलिएको छ ।
ओमिक्रनका हजारौं संक्रमित पत्ता लागेपछि यूरोपेली देशहरु सतर्क भएका छन् । फ्रान्सका प्रधानमन्त्री जिन कास्टेक्सले ओमिक्रन प्रकाश फैलिएको जस्तै गतिमा फैलिएको भन्दै खतरा औल्याएका छन् । फ्रान्सले बेलायतबाट प्रवेश कडाई गरेको छ ।
बेलायतमा शुक्रबार मात्र १५ हजार ओमिक्रन संक्रमित पत्ता लागेका छन् । यूरोपमा अहिलेसम्म ९ करोड जति कोरोना संक्रमित पत्ता लागिसकेका छन् । यूरोपभर कोरोना भाइरुसबाट १५ लाखको मृत्यु भइसकेको छ ।
यूरोपमा कोरोना भाइरस निकै फैलिएपछि जर्मनी, आइरल्यान्ड, नेदरल्यान्ड जस्ता देशहरुले कडाई गरेका छन् ।
फुटबल क्लबहरु ओमिक्रन फैलिएपछि सतर्क बनेका छन् । उनीहरुले लिगबारे कडा निर्णय लिने तयारी गरेका छन् । ओमिक्रनको संक्रमित विश्वका अधिकांश देशमा देखिएका छन् । यो विगतको कोरोना भाइरसको प्रजाति भन्दा बढी खतरनाक देखिएको छ । अहिले प्रयोगमा आएको कोरोनाविरुद्धको खोप पनि विगतभन्दा कम प्रभावकारी देखिएको छ ।


तर नेपालीहरु आत्तीहाल्नुपर्ने अवस्था नभएको डा. अनुप बास्तोला बताउनुहुन्छ ।
कुनैपनि भाइरस समुदायमा फैलिँदै जाँदा यसले स्वरुप परिवर्तन गर्छ । र, ती परिवर्तित स्वरुपलाई हामीले नामांकरण गर्छौं । जसरी हामीले कोरोना भाइरस पहिलो मूल भाइरसबाट अहिले रुप परिवर्तन गर्दै अल्फा भेरियन्ट, डेल्टा भेरियन्ट भनेर नामांकरण गर्यौं । अहिले पछिल्लो समय दक्षिण अफ्रिकामा नयाँ किसिमको भेरियन्ट पत्ता लाग्यो । यो कारोना भाइरसको एक किसिमको नयाँ भेरियन्ट हो । दक्षिण अफ्रिकामा यो भाइरस देखिएलगत्तै कोरोना भाइरस संक्रमित बिरामीहरुको संख्या बढेर गएको देखिन्छ ।
युवा पुस्तामा यसले विशेष गरी सामान्य लक्षणहरु देखिन्छ । जस्तै ज्वरो आउने,शरीर दुख्ने, अलिकति सुख्खा खोकी लाग्ने जस्ता लक्षणहरु मात्र देखिएको छ । यो देखियो भन्दैमा आत्ति हाल्नुपर्ने, डराउनुपर्ने स्थिति छैन । यसका दुईवटा कारणहरु छन्, एउटा मुख्य कारण ओमिक्रोन आफैमा कस्तो किसिमको भाइरस हो यसले कस्तो किसिमको जटिलता ल्याउँछ अध्ययनको विषय छ। प्रारम्भिक रुपमा हेर्दा यसका असरहरु सामान्य रुपमा रहेको बुझिन्छ । विभिन्न किसिमका खोपहरुले यो विरुद्ध काम गर्छन् भन्ने अध्ययन अनुसन्धानमा अगाडि आइरहेका कुराहरु छन् ।
अझैं अध्ययन अनुसन्धान हुँदै गइरहेको अवस्था छ । मुख्य कुरा कोरोना भाइरसको हामीसँग विद्यमान नै रहिरहेका डेल्टा भेरियन्ट जुन किसिमको यसले पार्ने प्रभावहरु छन्, खोप नलगाएको व्यक्तिहरु, वृद्ध व्यक्तिहरु दीर्घ रोगी व्यक्तिहरुमा यसले निमोनिया ल्याउने, सारो बनाउने समस्याहरु देखिएको छ ।
हामी अहिले डराउनुपर्ने स्थिति छैन। हामीले अन्य कोरोना भाइरसका भेरियन्टसँग जसरी लड्यौं, जुध्यौं, कोरोना भाइरसको कुनैपनि भेरियन्टबाट जोगिनका लागि अपनाउनुपर्ने अचुक औषधि भनेको मास्क लगाउने, दुरी कायम गर्ने, हात धुने, हात स्यानिटाइज गर्ने, लक्षण देखिएका व्यक्तिले कोरोना परीक्षण गर्ने, जो व्यक्तिहरु पोजेटिभ आएका छन्, ती व्यक्तिहरुको सम्पर्कमा आएका व्यक्तिहरु क्वारेन्टाइनमा बस्ने, परीक्षण गराउने गर्नुपर्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित