- Loading...
पदाधिकारी समाबेशी सदस्यहरुमा के होला ?
- गोल्डेन खबर
- ३ साल अघि
- १०६ पटक पढिएको
काठमाडौं, पुस ३ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (खुलातर्फ) को मतगणना आजदेखि सुरु हुनेछ । आज बिहान १० बजेदेखि मतगणना सुरु भएको निर्वाचन समितिले जनाएको छ ।
कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी एक सय ३४ पदका लागि भएको मतदानमा चार सय ८७ जनाले उम्मेदवारी दिएका थिए । सहमहामन्त्रीतर्फको मतगणना शुक्रबार राती सम्पन्न भएको भएको थियो ।
१२ स्थानबाट मतगणना भइरहेको छ। खुलातर्फको ३५ केन्द्रीय सदस्य पदको मतगणना भइरहेको छ।
पहिलो १०० मत गन्दा सबैभन्दा धेरै मत डा. शशांक कोइरालाले पाएका छन्। उनले ५३ मत पाएका छन्। दोस्रो स्थानमा रहेका उदयशम्शेर राणाले ४४, रामहरि खतिवडाले ४३, रमेश लेखकले ४२ र एनपी साउदले ३७ मत पाएका छन् ।
महाधिवेशनबाट निर्वाचित १३ सदस्यीय पदाधिकारीमा समूहगत, उमेरगत र समावेशी तीनै कोणबाट सन्तुलन मिलेको छ । उपसभापति पूर्णबहादुर खड्काबाहेक पदाधिकारीमा सबै नयाँ अनुहार छन्, बहुमत पदाधिकारी ५५ वर्षमुनिका छन् ।
आगामी तीनै तहको चुनावी तयारीका लागि सभापति शेरबहादुर देउवाले समन्वयकारी भूमिका खेलेर अगाडि बढे पदाधिकारी सहयोगी र मिलाउन नसके चुनौती बन्ने सम्भावना छ । महाधिवेशन प्रतिनिधिले पार्टीभित्रको शक्ति सन्तुलन सम्बोधन गर्ने पदाधिकारी चयन गरेका छन् । यसले सिंगो कांग्रेसको प्रतिनिधित्व गर्ने अवस्था छ, तर समग्र पार्टी परिचालनको जिम्मा देउवाको काँधमा छ ।