- Loading...
(Untitled)
- गोल्डेन खबर
- ३ साल अघि
- १६३ पटक पढिएको
पूर्ण समानुपातिक निर्वाचन प्रणालीको पक्षमा– अध्यक्ष राजेन्द्र लिङदेन
पूर्ण समानुपातिक निर्वाचन प्रणालीको पक्षमा– अध्यक्ष राजेन्द्र लिङदेन
राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष लिङ्देनले सबै दल तथा समकालीन राजनीतिमा अब पुस्तान्तरणको खाँचो रहेको उल्लेख गरेका छन् । उनले २०४६ सालको परिवर्तनपछि असफल पुस्ताले नेतृत्व गरेका कारण देशमा रोजगारी सिर्जना हुन नसकेकाले विकास र समृद्धि कायम हुन नसकेको बताए ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुले शपथ ग्रहण गरेका छन् । आइतबार काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आयोजित एक समारोहबीच नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनसहितका केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यहरुले पद तथा गोपनियताको शपथ लिएका हुन् ।
नवनिर्वाचित अध्यक्ष लिङदेनले केन्द्रीय निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतबाट शपथ लिए। त्यसपछि नवनिर्वाचित उपाध्यक्षहरु र महामन्त्रीहरुलाई बस्नेतले सपथ गराए। त्यसलगत्तै नवनिर्वाचित केन्द्रीय सदस्यहरुलाई अध्यक्ष लिङदेनले शपथ खुवाए ।
शपथग्रहण समारोहमा निवर्तमान अध्यक्षद्वय पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी उपस्थित भए पनि अध्यक्षमा पराजित निवर्तमान अध्यक्ष कमल थापा भने सहभागी भएनन्। कार्यक्रममा केन्द्रीय निर्वाचन समितिका संयोजक बस्नेतले अध्यक्ष लिङदेनलाई प्रमाणपत्र वितरण गरेका थिए ।
उनले आफ्नो पार्टी कमजोर भएको अहिलेको अवस्थामा अवलम्बन गरेको हिन्दू राष्ट्र, संवैधानिक राजसंस्थालगायतका विषयलाई देशभर अभियान चलाएर अगाडि बढाइने र पार्टीलाई विधि तथा प्रक्रियाबाट सञ्चालन गरी गुटको अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरे । अब हुने राष्ट्रिय चुनावमा पूर्ण समानुपातिक निर्वाचन प्रणालीको पक्षमा जोड दिइने उनको भनाइ छ ।