FLASH NEWS
  • Loading...

नेपालसहित चार नेतालाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय

  • गोल्डेन खबर
  • ३ साल अघि
  • ९० पटक पढिएको
नेपालसहित चार नेतालाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित ४ नेतालाई स्पष्टीकरण सोध्ने भएको छ । एमाले केन्द्रीय समिति वैठकले वरिष्ठ नेपाल र उपाध्यक्ष भिम रावल, उपमहासचिव घनश्याम भूसाल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेलाई नेतृत्व विरुद्धको गतिविधिमा लागेको ठहर गर्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

नेपाल समूहमै रहेर अध्यक्ष केपी शर्मा ओली विरुद्ध सक्रिय हुँदै आउनु भएका अर्का वरिष्ठ नेता झलनाथ खनाल, केन्द्रीय सदस्य र रामकुमारी झाँक्रीसहितका केही नेतालाई भने अनुशासन कारबाही नहुने भएको छ ।

बैठकले संघिय तथा प्रदेश सभाका समानुपातिक सांसदहरूको बन्द सूचीमा रहेको नाम हाटाउने, राख्ने या हेरफेर गर्ने सबै अधिकार अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रत्यायोजन गरेको एक नेताले जानकारी दिए ।

पार्टी केन्द्रीय कमिटी तथा मातहत कमिटीको सदस्यहरूको बिदाइ, मनोनयन तथा कार्बाही गर्ने अधिकार पनि अध्यक्षलाई प्रत्यायोजन गरिएको छ ।

अदालत, निर्वाचन आयोग र अन्य आधिकारिक निकायमा पार्टीको तर्फबाट गर्ने सबै कामका लागि पार्टी अध्यक्षलाई अख्तियारी दिने निर्णय भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित