- Loading...
एमाले विवाद मिलाउन ओलीसँग नेपाल पक्षको १७ शर्त
- गोल्डेन खबर
- ३ साल अघि
- ९९ पटक पढिएको
काठमाडौं । नेकपा एमाले पुनस्थापनासँगै नेतृत्वमा देखिएको विवाद मिलाउन माधवकुमार नेपाल समूहले १७ बुँदे शर्त अघि सारेको छ । पार्टीमा भइरहेको विवाद अन्त्यका लागि नेपाल समूहले बृहत कार्यकर्ता भेलाबाट आएको सुझावको आधारमा शर्त प्रस्तुत गरेको हो ।
पार्टी विवाद अन्त्यका लागि प्रधानमन्त्री केपी शर्मा ओली पक्षले फागुन २८ गते गरेको निर्णय फिर्ता खारेज गर्नुपर्ने नेपाल पक्षको पहिलो शर्त छ । २ दिने राष्ट्रिय कार्यकर्ता भेलामा उपाध्यक्ष भीम रावलले पेश गरेको १७ बुँदे प्रस्ताव छलफलपछि पारित भएको हो ।
त्यस्तै राष्ट्रिय सम्मेलनले संसद विघटन बदर गर्ने सर्वोच्च अदालतको स्वागत गरेको छ भने एमाले र माओवादी पार्टी ब्युँताउने फैसलाप्रति असहमति प्रकट गरेको छ ।
भेलामा सहभागी नहुन अध्यक्षओलीले सार्वजनिक रुपमा धम्की दिएको भन्दै सम्मेलनले गुट र सत्ता स्वार्थमा पार्टीको दुरुपयोग नगर्न ओलीलाई आग्रह गरेका छन् । त्यस्तै कोरोना महामारीको खोपको भरपर्दो व्यवस्था गर्न पनि माग गरेको छ ।