- Loading...
विप्लव काठमाडौंमा, आज सार्वजनिक हुँदै
- गोल्डेन खबर
- ३ साल अघि
- १११ पटक पढिएको
काठमाडौं । गणतन्त्र स्थापना पछि पनि भूमिगत सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृरहँदै आउनु भएका कम्युनिष्ट नेता नेत्रविक्रम चन्द विप्लव आज सार्वजनिक हुनुहुने भएको छ । विप्लव त्यसको लागि बिहीबार नै काठमाडौं आइपुग्नु भएको छ । आज अपरान्ह राष्टियसभा गृहमामा बिशेष कार्यक्रम गरी विप्लव सार्वजनिक हुने तयारी भइरहेको छ । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले सम्बोधन गर्ने कार्यक्रम छ ।
विप्लव संविधान जारीभए पछि त्यसमा असहमति जनाउँदै भूमिगत हुनुभएको थियो । वर्तमान राज्य व्यवस्था विरुद्ध सशस्त्र संघर्ष गर्ने उद्घोष गरेको विप्लत्व समूहले मुलुकमा ब्ेला बखत बम बिस्फोट लगायत हिंसात्मक गतिविधि समेत गर्दै आएको छ । हिंसात्मक गतिविधिमा सक्रिय भएको कारण सरकारले विप्लव समूहलाई ३ वर्षअघि प्रतिबन्ध लगाएको थियो । विभिन्न चरणको वार्तापछि सरकारले विप्लव समूह माथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । मन्त्रिपरिषदको बिहीबार साँझ बसेको बैठकले विप्लव समूह माथि लगाइएको प्रतिबन्ध फुकुवा गरेको हो ।
सरकारले मुलुकको विभिन्न घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका विप्लव समूहका सबै नेता तथा कार्यकर्तालाई रिहा गर्ने निर्णय समेत गरेको छ । विप्लव समूहका धर्मेमन्द्र बास्तोला र हेमन्तप्रकाश वली लगायतका ३ सय भन्दा बढी नेता तथा कार्यकर्ता रिहा हुँदैछन् ।
सरकार र नेकपाबीच बिहीबार ३ बुँदे सहमति भएको छ ।
दुई दिनको वार्तापछि सरकारले विप्लव समूहमाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी गर्नै तथा विप्लव समूहले आफ्नो सम्पूर्ण गतिविधि शान्तिपूर्ण रूपमा गर्ने लगायतका विषयमा सहमति भएको हो ।