FLASH NEWS
- Loading...
विप्लव भोलि सार्वजनिक हुने
- गोल्डेन खबर
- ३ साल अघि
- ९८ पटक पढिएको
काठमाडौं । सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच बिहीबार ३ बुँदे सहमति भएको छ ।
दुई दिनको वार्तापछि सरकारले विप्लव समूहमाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी गर्नै तथा विप्लव समूहले आफ्नो सम्पूर्ण गतिविधि शान्तिपूर्ण रूपमा गर्ने लगायतका विषयमा सहमति भएको हो ।
सहमतिपछि सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र विप्लव समूहका वार्ता टोलीका संयोजक खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले संयुक्त हस्ताक्षर गरी प्रेस नोट जारी गर्नुभएको छ ।
प्रेस नोटका अनुसार शुक्रबार दिउँसो २ बजे विशेष समारोहका बीच सहमतिको विस्तृत विवरण सार्वजनिक गरिनेछ । समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द ‘विप्लव’ ले सम्बोधन गर्नु हुने भएको छ ।
प्रतिक्रिया दिनुहोस