FLASH NEWS
  • Loading...

घट्यो डिजल र मट्टितेलको मूल्य

  • गोल्डेन खबर
  • ४ साल अघि
  • ९० पटक पढिएको
घट्यो डिजल र मट्टितेलको मूल्य

डिजेल र मट्टितेलको मूल्य नेपाल आयल निगमले घटाएको छ।

निगमले डिजल र मट्टितेलको मूल्य एकरएक रुपैयाँ घटाएको छ। बुधबारदेखि लागू हुने गरी निगमले मूल्य घटाएको हो। अब प्रतिलिटर डिजल र मट्टितेल ९० रुपैयाँमा खरिद गर्न सकिनेछ। पेट्रोलको मूल्य भने यथावत नै छ।

एक सूचना जारी गर्दै निगमले भारतबाट मूल्यसूची केही घटेर आएकाले मट्टितेल र डिजेल प्रतिलिटर १ रुपैयाँले घटाइएको जनाएको छ।

अब काठमाडौं उपत्यकामा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९० रुपैयाँ पर्नेछ। घटेको मूल्य राति १२ बजेदेखि लागू भएको छ।

पेट्रोल, हवाई इन्धन र ग्यासको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ।

हाल समायोजनपश्चात पनि भारतीय सीमा रक्सौलसँग जोडिएको नेपालको वीरगन्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर २९ रुपैयाँ ४४ पैसा र डिजेल प्रतिलिटर ३६ रुपैयाँ ३८ पैसा नेपालतर्फ सस्तो रहेको निगमले जनाएको छ।

निगमले अन्तर्राष्ट्रिय मूल्यमा समायोजन गर्ने क्रममा पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित