FLASH NEWS
  • Loading...

यातायात स्वास्थ्य सुरक्षा मापदण्ड नअपनाए कारबाही

  • गोल्डेन खबर
  • ४ साल अघि
  • ८७ पटक पढिएको
यातायात स्वास्थ्य सुरक्षा मापदण्ड नअपनाए कारबाही

बिहीबारदेखि सबै सार्वजनिक गाडी चल्न थालेका छन् । यातायात व्यवसायीहरुले बिहीबारदेखि सबै सार्वजनिक यातायातका साधन चलाउन थालेका हुन् ।

एक सय २० दिने लामो लकडाउनको अन्त्यसँगै काठमाण्डौ उपत्यकाका सडकमा सवारी चापसमेत बढ्न थालेको छ । काठमाण्डौ उपत्यकालगायत देशैभर छोटो दुरीमा सार्वजनिक गाडी गुडिरहेका छन् ।

तर लामो दुरीका गाडीलाई भने भदौ १ गतेदेखि मात्र चल्न दिने सरकारले जनाएको छ । त्यसैले एक जिल्लाबाट अर्को जिल्लामा जान पासको व्यवस्था कायमै छ । सरकारले लकडाउन अन्त्य गरेको बताए पनि काठमाण्डौ उपत्यका प्रवेश गर्न पास चाहिने नियम कायमै राखेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

यसैबीच गाडी चलाउँदा स्वास्थ्य सुरक्षाका मापदण्ड सम्बन्धित व्यवसायीले आफै व्यवस्था गर्ने भनिएको छ । यातायात व्यवस्था विभागका महानिर्देशक गोगन हमालले गाडीमा स्यानिटाइजरको व्यवस्था व्यवसायी आफैले गर्नुपर्ने, यातायात श्रमिकका लागि आवश्यक स्वास्थ्य सामग्री, पन्जा र पीपीई सम्बन्धित व्यवसायीले नै उपलब्ध गराउनुपर्ने लगायतका व्यवस्था गरिएको जानकारी दिए ।

सरकारले तोकेको स्वास्थ्य मापदण्ड कतिपय सार्वजनिक गाडीका चालक र सहचालकले नमानेको यात्रुले गुनासो गरेका छन् । सरकारले भौतिक दुरी कायम गरी यात्रु राख्नुपर्ने, ५० प्रतिशत बढी भाडा लिन मिल्ने भने पनि व्यवसायीले तोकिएको भन्दा धेरै सङ्ख्यामा यात्रु चढाएर दोब्बर भाडा लिइरहेको गुनासो बढ्न थालेको छ । यस्ता गुनासको आधारमा ट्राफिक प्रहरीले गुडिरहेका बसमा अनुगमन गर्ने महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी भीमप्रसाद ढकालले जानएका छन्।

उनका अनुसार सरकारले तोकेको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड नअपनाउने गाडीलाई कारबाही गरिनेछ । नियम आफ्नै स्वास्थ्यका लागि हो भन्दै एसएसपी ढकाल भने, आफू बचेर अरुलाई बचाउने जिम्मेवारी छ, चालक र सहचालकसँग । यात्रुले पनि ख्याल गर्नुपर्छ, आफ्नो सुरक्षा आफैले गर्ने हो, गाडीले अटेर गरे अनुगमन गरेर हामी कारबाही गर्छौँ ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित