- राजनीतिक अस्थिरता र हिंसाका घटनाप्रति चिन्ता व्यक्त गर्दै पूर्वप्रधानमन्त्रीको प्रेस विज्ञप्ति |
- राजस्थानको पहिलो जित |
- आजको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले विपक्षीको मागमा जवाफ दिनुहुने |
- पार्टीको कार्यकारी भूमिकामा फर्कंदै रवि लामिछाने |
- सिकन्दर पहिलो दिनको बक्स अफिस संकलन अनुमान, ओपनिङ डे कलेक्शन |
चीनमा आएको भिषण बाढीमा परी ठूलो जनधनको क्षति
- गोल्डेन खबर
- ४ साल अघि
- १६९ पटक पढिएको


चीनमा आएको भीषण बाढीका कारण व्यापक जनधनको क्षति भएको बताइएको छ । यहाँका १४१ जना व्यक्तिको निधन भएको या हराएको बताइएको छ । तीमध्ये केही व्यक्ति मारिएका र केही बेपत्ता भएका हुनसक्ने बताइएको छ ।
यो बाढीका कारण ३ करोड ८० लाख व्यक्ति प्रभावित भएका बताइएको छ । चीनका विभिन्न ठाउँमा हालैका अविरल वर्षापछि बाढी आएको हो चीनका २७ स्थानमा बाढीले जनजीवन प्रभावित पारेको बताइएको छ । यहाँ पछिल्ला केही दिनमा आएको यस बाढीबाट २२ लाख भन्दा बढी नागरिकलाई उद्धार गरिएको छ ।
चीनको याङ्चेसहितका कैयौँ नदीमा पानीको सतह बढेपछि बाढी आएको बताइएको छ । बाढीका कारण यहाँका ठूलो संख्याका नागरिक गएको कम्तीमा एक हप्तादेखि नराम्ररी प्रभावित भएका बताइएको छ ।
बाढीका यहाँका २८ हजार भन्दा बढी घर बगाएको या क्षति पुर्याएको छ ।
यसबाट यहाँको ११ अर्ब अमेरिकी डलर बराबरको क्षति पुगेको बताइएको छ । बाढीको त्रास बढ्दै गएपछि चिनियाँ राष्ट्रपति सि चिनफिङले सबै नागरिकलाई आवश्यक मात्रामा सतर्कता अपनाउन आग्रह गर्नुभएको छ