FLASH NEWS
  • Loading...

पार्टीमा कोही दलाल, कोही महान राष्ट्रवादी छैन: अध्यक्ष प्रचण्ड

  • गोल्डेन खबर
  • ४ साल अघि
  • ९२ पटक पढिएको
पार्टीमा कोही दलाल, कोही महान राष्ट्रवादी छैन: अध्यक्ष प्रचण्ड

|oznorMB

oznorMB

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी विभाजन हुन नदिइने बताएका छन् । जिल्ला पार्टी कार्यालय चितवनमा आज कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी एकतालाई अक्षुग्ण राखिने दृढता व्यक्त गरे ।

कार्यकर्तालाई आज यहाँ सम्बोधन गर्दै उनले भने– ‘पार्टी विभाजित हुन दिइने छैन, पार्टीको एकतालाई अक्षुण्ण राखिनेछ, यो विश्वास म तपाइँहरुलाई दिलाउन चाहन्छु ।’ पार्टी एकताबद्ध हुने दृढता व्यक्त गर्दै उनले कार्यकर्तालाई भने, ‘अहिले यता र उता दौडिनुभयो भने पछि पछुताउनुहोला ।’ उनले सबैले पार्टी एकताका पक्षमा नारा लगाउनुपर्नेमा पनि जोड दिए ।

पार्टीभित्र गम्भीर समस्या सिर्जना भए पनि आफू पार्टीमा देखिएका पछिल्ला सङ्कटबारे गम्भीर छलफलमा रहेको बताउँदै उनले नेता तथा कार्यकर्तालाई नहतारिन आग्रह गरे । हतारमा फुट्ने र फुर्सदमा पछुताउने अवस्था आउन नदिन आफू हदैसम्म लचकताका साथ लागिपरेको बताउँदै उनले भने– ‘ठूलो पार्टीमा विवाद आउनु नौलो होइन, विचार, विधि र जनवादी केन्द्रीयताका आधारमा एकताबद्ध हुने सैद्धान्तिक यथार्थलाई सम्पूर्ण कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूले मान्नै पर्छ ।’

चीनमा विशाल कम्युनिष्ट पार्टी नफुटेको बताउँदै उनले चिनियाँ नेताहरुसँगको छलफलमा विचार र विधिबाट चलेमा पार्टी नफुट्ने अनुभवबारे बुझ्न पाइएको जानकारी दिए । उनले पार्टीमा विवाद भएमा विधिबाट समाधान खोजिने बताए । हिजो संविधान नबनोस् भनेर धेरै कसरत भएको बताउँदै उनले भने– ‘संविधान बन्न नदिने दबाबलाई परास्त गरेर संविधान बनायौँ ।’ पार्टी र नेतालाई उक्साउने प्रवृत्तिका विरुद्ध खबरदारी गर्न उनले कर्ताकर्तालाई आग्रह गरे ।

संविधान बनाउनेदेखि नाकाबन्दी, नयाँ नक्सा जारी गर्ने जस्ता कार्य सबै मिलेर गरेको बताउँदै उनले भने, ‘हामी कोही राष्ट्रवादी, कोही राष्ट्रघाती होइनौँ । सबै मिलेर राष्ट्राका लागि काम गरेका छौँ ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित