- Loading...
नारायणीले कटान गरेको क्षेत्रको प्रचण्डद्धारा निरीक्षण
- गोल्डेन खबर
- ४ साल अघि
- ९२ पटक पढिएको
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नारायणी नदिले कटान गरेको क्षेत्रको निरीक्षण गर्नुभएको छ । भरतपुर महानगरपालिकाको वडा नम्बर २७ र २८ को सिमानामा पर्ने निउरे चोक नजिकैको स्पर नारायणीले बगाएपछि सो क्षेत्रको अध्यक्ष दाहालले स्थलगत निरीक्षण गर्नुभएको हो । त्यहाँ रहेका पाँच स्परमध्ये शुक्रबार मात्रै एउटा स्पर नदीले बगाएको छ ।
सो क्रममा अध्यक्ष प्रचण्डले तटबन्धको काम तिब्र पार्न निर्देशन दिनुभयो । उहाँले नेपाल आर्मी र प्रहरीलाई कटान रोक्ने काममा सहयोग गर्न आग्रह गरेको बताउनुभयो । अहिले सो क्षेत्रमा नेपाली सेनाले कटान नियन्त्रणको काम गरिरहेको छ । उहाँले आगामी आर्थिक बर्षबाट दिर्घकालिन योजनाका साथ तटबन्धनका काम हुने प्रतिबद्धता जनाउनुभयो । सँगै प्रचण्डले चितवन आउनुअघि प्रधानमन्त्री केपी ओलीसँग बाढी र पहिरोले क्षति पुर्याएका ठाउँमा राहत र उद्दार कसरी गर्ने भन्ने विषयमा छलफल भएको र फेरि काठमाडौं फर्किएपछि छलफल हुने बताउनुभयो ।
भरतपुर महानगरपालिकाको १, ३, ४, १६, १७, १८, २२ र २४ देखि २८ सम्मका वडाहरु डुबान र नदी कटानको उच्च जोखिममा रहेका क्षेत्र हुन् । सो क्षेत्रका निरीक्षण पश्चात प्रचण्ड माडीतर्फ जानुभएको छ । प्रचण्डले माडीका विभिन्न खोला र डुबान क्षेत्रको निरीक्षण गर्नुहुनेछ । पार्टी विवाद समाधानमा काठमाडौँमा वार्तामा व्यस्त रहनुभएका अध्यक्ष दाहाल झण्डै चार महिनापछि आफ्नो निर्वाचन क्षेत्रमा बाढीको निरीक्षणका लागि आउनुभएको हो । पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्रीसँगको द्वन्द्व चर्किदै गएपछि नेकपाले साउन २ गतेसम्मका लागि स्थायी समिति बैठक स्थगित गरेर बाढी पहिरो प्रभावित क्षेत्रमा उद्दार र राहतमा लाग्न समग्र पार्टी पंक्तिलाई अनुरोध गरेको छ ।
गत विहीबारदेखि परेको निरन्तर बर्षाको कारणले चितवनका विभिन्न क्षेत्र जलमग्न बनेका छन् । बाढीले बगाएर आज मात्र माडीमा एक जनाको मृत्यु भएको छ ।