- राजनीतिक अस्थिरता र हिंसाका घटनाप्रति चिन्ता व्यक्त गर्दै पूर्वप्रधानमन्त्रीको प्रेस विज्ञप्ति |
- राजस्थानको पहिलो जित |
- आजको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले विपक्षीको मागमा जवाफ दिनुहुने |
- पार्टीको कार्यकारी भूमिकामा फर्कंदै रवि लामिछाने |
- सिकन्दर पहिलो दिनको बक्स अफिस संकलन अनुमान, ओपनिङ डे कलेक्शन |
भारतमा धेरै संक्रमित हुने देशमा तेस्रो स्थानमा उक्लियो, मृत्यु हुने १९ हजार ६९३
- गोल्डेन खबर
- ४ साल अघि
- १६९ पटक पढिएको


भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा बढीरहेको देखिएको छ ।
भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट ४२५ जनाको मृत्यु भएको छ ।
योसँगै भारतमा कुल मृत्यु हुनेको संख्या १९ हजार ६९३ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा २४ हजार २४८ जना संक्रमित पुष्टि भएको छ ।
योसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ७ लाख करिब पुगेको छ । भारतमा कुल संक्रमित ६ लाख ९७ हजार ४१३ पुगेको छ ।
यसका साथै भारत धेरै संक्रमित हुने देशको सुचीमा अमेरिका, ब्राजिलपछि तेस्रो स्थानमा उक्लिएको छ । भारतले यसअघि तेस्रो स्थानमा रहेको रसियालाई उछिनेको हो । रसियामा ६ लाख ८१ हजार २५१ संक्रमित पुगेका छन् ।
त्यस्तै भारतमा अहिलेसम्म ४ लाख २४ हजार ४३३ जना ठिक भएका छन् भने २ लाख ५३ हजार २८७ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् ।
त्यसैगरी विश्वभर कोरोना संक्रमितको संख्या एक करोड १५ लाख ५९ हजार २१३ पुगेको छ भने मृतकको संख्या ५ लाख ३६ हजार ७८६ पुगेको छ ।
त्यस्तै विश्वभर ६५ लाख ३५ हजार ९०२ जना कोरोना संक्रमित ठिक भएका छन् ।