- Loading...
नेपालमा थप १७६ जनाले जिते कोरोना (विवरणसहित)
- गोल्डेन खबर
- ४ साल अघि
- ९२ पटक पढिएको
बितेको २४ घण्टामा १७६ जना संक्रमितले कोरोनाभाइरस जितेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार योसहित नेपाल कोरोनाभाइरस संक्रमण जित्नेको कूल संख्या १ हजार ५ सय ७८ जना रहेको छ।
मन्त्रालयको अध्यावधिक विवरणअनुसार सिरहा अस्पतालबाट २६ जना र आइसोलेशन सेन्टर जानकी बाँकेबाट ४१ जनाले कोरोना जितेको छन् ।
यसैगरी सुशील कोइराला क्यान्सर प्रखर अस्पताल बाँकेबाट १३ जना, कोसी अस्पतालबाट १० जनाले कोरोना जितेका छन् । सुर्खेतबाट २४ जना, कोरोना विशेष अस्पताल दाङबाट, ५ जना, मनहरी आइसोलेशनबाट ६ जना, डडेलधुरा अस्पतालबाट २ जना, अछाम अस्पतालबाट ५ , दार्चुला अस्पतालबाट २, डोटी अस्पतालबाट ९ जना, धनगढीबाट ८ जना टीकापुर अस्पतालबाट ४ जना, नेपालगन्ज मेडिकल कलेजबाट १ जना, महाकाली अस्पतालबाट ८ जना र भरपुर अस्पताल चितवनबाट ६ जनाले कोरोना जितेर घर फर्किएका छन् । डिस्चार्ज हुनेमा १८ महिला र १५८ जना पुरुष रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमले जानकारी दिए ।