- Loading...
देश बेच्ने राष्ट्रघातीलाई टुँडिखेलमा झुण्डाउनु पर्छ : राजेन्द्र महतो
- गोल्डेन खबर
- ४ साल अघि
- ९९ पटक पढिएको
जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले मुलुकमा राष्ट्रवाद र राष्ट्रघातको परिभाषा स्पष्ट नरहेको बताएका छन् । प्रतिनिधि सभाको जारी बैठकमा नेपालको संविधान दोस्रो संशोधन विधेयकमाथिको दफावार छलफलमा भाग लिँदै उनले एक जाति, एक पार्टी, एक समुदायको मात्रै राष्ट्रियता, राष्ट्रवाद हुन नसक्ने भन्दै यसबारे अब स्पष्ट पार्नुपर्ने बताए ।
संविधान संशोधन गरेर नेपाली भूमि फिर्ता ल्याउने काम ऐतिहासिक रहेको भन्दै उनले भूगोलले मात्रै राष्ट्रियता कायम नहुने बताए । हिमाल, पहाड र तराईका जनताको भावनाको कदर गर्नुपर्ने भन्दै उनले तिनै जनताले उठाएको माग सम्बोधन गर्न संविधान संशोधन नगर्नु दुखद् भएको बताए । आफूहरुको असन्तुन्टिलाई थाती राखेर नेपाली भूमि फिर्ता ल्याउन गरिएको नेपालको संविधान संशोधन दोस्रो विधेयकको पक्षमा आफ्नो पार्टी जनता समाजवादी पार्टीले गर्ने उनले जानकारी दिए ।
महाकाली सन्धि गरेर राष्ट्रघात गरेको भन्दै उनले नेपाली भूमि गुमाउने गरी सम्झौता गर्ने राष्ट्रघातीलाईलाई कारबाही गर्नुपर्ने बताए । ‘देश बेचुवा राष्ट्रघातीाई टुंडिखेलमा झुण्डाउनु पर्दैन’, उनले भने । राष्ट्रघातीको पहिचान गर्नुपर्ने भन्दै उनले मधेशीलाई राष्ट्रविरोधीको रुपमा नहेर्न अपिल गरे । पटक पटक मधेशी जनताले अग्निपरीक्षा दिइरहनु पर्ने उनको आक्रोश थियो ।
रंग र भूगोलको आधारमा राष्ट्रवाद हेर्ने नश्लवाद अन्त्य हुनुपर्ने भन्दै उनले नेपालको भूमिको रक्षा मधेशका जनताले गर्दै आएको जानकारी दिए । उनीहरुका माग सम्बोधन गर्न पनि संविधान संशोधन नगरे मौजुदा संविधान फेल हुने उनको चेतावनी थियो । नक्सा जारी गरेर मात्रै नहुने भन्दै उनले जमिन फिर्ता ल्याउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई दबाब दिए । मोदी र ओलीले दुई देशको सम्बन्ध नबनाएको भन्दै उनले दुवै देशका जनताले बनाएको भन्दै वार्ता गरेर जमिन फिर्ता ल्याउन माग गरे । संसदबाट सम्बन्ध बिगार्ने अभिव्यक्ति नदिन प्रधानमन्त्री ओलीलाई नेता महतोले सुझाव दिए ।