- Loading...
इरानी सैन्य कामाण्डर सुलेमानीको जासूसी गर्नेलाई मृत्युदण्ड दिइने
- गोल्डेन खबर
- ४ साल अघि
- १०५ पटक पढिएको
इरानकाे सर्वाेच्च अदालतले इरानी शीर्ष कमाण्डर कासिम सुलेमानीकाे जासुसी गरेर, उनीसँग जाेडिएकाे सूचना अमेरिका र इजरायललाई दिने दाेषी महमुद मुसवीलाई चाँडै नै मृत्युदण्डकाे सजाय दिइने बताएकाे छ ।
सन् २०१९ जुन ३ तारिखकाे दिन अमेरिकी ड्राेनकाे आक्रमणमा सुलेमानी मारिएका थिए । सुलेमानी इरानका एक शीर्ष सैन्यकर्मी, उदयमान् नेता र कुद्स फाेर्सका प्रमुख थिए, जसले इजरायल र अमेरिकाविरुद्ध कैयाैँ ठूला अभियान चलाएका थिए ।
समाचार एजेन्सी राेयटर्सका अनुसार इरानकाे सर्वाेच्च अदालतका प्रवक्ता गुलाम हुसैन इस्माइलीले मङ्गलबार एक टीभी कन्फ्रेन्समा भने, ‘महमुद मुसवीलाई सीआईए र माेसादकाे लागि जासुसी गरेकाे दाेषी पाएका छाैँ । याे अपराधकाे लागि उनलाई मृत्युदण्ड दिइनेछ । महमुद मुसवीले नै सुलेमानीसँग जाेडिएका सबै जानकारी हाम्रा शत्रुलाई दिएका थिए ।’
सुलेमानीकाे मृत्युपछि इरानले पटक पटक इराकमा रहेकाे अमेरिकी सैन्य शिविरमा क्षेप्यास्त्र प्रहार गरेकाे थियाे । यद्यपि अमेरिकाले त्याे आक्रमणमा आफ्ना कुनै सैनिक नमरेकाे दाबी गरेकाे थियाे ।