FLASH NEWS
- Loading...
जागिरबाट निकालिएपछि आफ्नै शरीरमा आगो लगाएका सिदार्थ आउजीको मृत्यु
- गोल्डेन खबर
- ४ साल अघि
- ९५ पटक पढिएको
अछामको बयलपाटा अस्पतालले जेठ १२ गते जागिरबाट निकालेपछि सोमबार एपेट्रोल छर्केर आफ्नै शरीरमा आगो लगाएका सिदार्थ आउजीको मृत्यु भएको छ ।
अस्पतालको गेटमा पुगेर सोमबार बिहान आफ्नो शरीरमा आगो लगाएपछि सिदार्थलाई भेरी अस्पताल नेपालगन्जमा ल्याइएको थियो ।
आगोले जलेर गम्भीर घाइते भएका उनलाई हेलिकप्टरबाट उद्दार गरेर भेरी अस्पताल ल्याए पनि ज्यान जोगिएन् । अस्पताल पुर्याएको आधा घन्टामा उनलाई भेरी अस्पतालले मृत्यु भएको घोषणा गरेका हो ।
उनी बयालपाटा अस्पतालमा चर्पी सरसफाइको काम गर्थे ।
प्रतिक्रिया दिनुहोस