- Loading...
संसदमा प्रदीप गिरीको प्रश्न : श्रमिकको बजेट काटेर भवनलाई?
- गोल्डेन खबर
- ४ साल अघि
- ८४ पटक पढिएको
नेपाली कांग्रेसका सांसद प्रदीप गिरीले सरकारले श्रमिकका समस्या संवोधन महत्व नदिई कुटनीतिक नियोगका भवनलाई प्राथमिकता दिएको बताएका छन्।
विनियोजन विधेयकका विषयमा संसदमा बोल्ने क्रममा नेता गिरीले भवनको निर्माणको तुलना विदेशिन वाध्य भएका श्रमिकको खर्चसँग तुलना गर्न नसकिने बताए।
बजेट विनियोजनको यो तरिकाले वर्तमान सरकारको दर्शन स्पष्ट भएको उनले बताए।उनले भने,‘समस्यामा परेका श्रमिकका लागि ११८ लाख छुट्याइएको छ। श्रमिकका आँशु र श्रमले हामी समेत तलब भत्ता खाँदैछौं।’ समस्यामा परेका श्रमिकको उद्धारको लागि भन्दा बढी रकम चिन अष्ट्रेलियाको दूतावास बनाउन छुट्याइएको भन्दै आपत्ति जनाए।
राजदूतावासहरु सरकारी मापदण्ड अनुसार नचलिरहेको समेत बताए। दूतावास धेरै स्थानमा आवश्यक समेत नरहेको बताए। भारत,चिन र अमेरिकका आवश्यक रहेको सुनाउँदै उनले अन्यत्र नियोग हटाई खर्च कटाउन आग्रह गरे। कुटनीतिक चासोको विषयलाई नेपालले आफ्ना कार्यकर्ताको भर्नाका रुपमा प्रयोग गरिरहेको बताए।
श्रीलंकाबाट फर्केका पूर्वराजदूत डा विश्वम्भर प्याकुरेलले फजुलका राजदूतावास नबनाउन सुझाएको समेत मन्त्री ज्ञवालीलाई सुनाए। अर्थमन्त्री र परराष्ट्रमन्त्रीलाई उनले भने,‘ प्याकुरेलको अन्तवार्ता प्रधानमन्त्रीलाई सुनाइदिनुहोला। उहाँमा क्षमता छ। सल्लाहकार ठीक भएनन्।
’सरकारले बनाएकोे नक्सा असफल हुन नदिन परराष्ट्रसँग भएको नीतिको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग जवाफ मागे। राजा महेन्द्र दूरदर्शी र सफल कुटनीतिज्ञ समेत रहेको मन्त्री ज्ञवालीलाई सुनाए।