FLASH NEWS
  • Loading...

आगामी आर्थिक बर्षको बजेट आज प्रस्तुत हुने

  • गोल्डेन खबर
  • ४ साल अघि
  • ८७ पटक पढिएको
आगामी आर्थिक बर्षको बजेट आज प्रस्तुत हुने

आगामी आर्थिक वर्ष २०७७/७८ को राजश्व र आयको विवरण (बजेट) सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आज अपराह्न ४ बजे प्रस्तुत हुदै छ ।

नेपालको संविधानबमोजिम हरेक वर्ष जेठ १५ गते सरकारले संसद्मा वार्षिक बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बैठकका लागि दिउँसो ३ः४५ बजेअगावै उपस्थित भइसक्न सबै सदस्यलाई आग्रह गरेका छन् ।

आजको बैठकमा सभामुख सापकोटाले सार्थक वार्ता र संवादका निम्ति सुझाव र अध्ययनका लागि गत साउन २० मा गठित कार्यदलको अवधि संसद्को चालू अधिवेशनसम्म कायम हुने गरी गरेको प्रस्ताव सर्वसम्मतिले पारित भएको थियो ।

संयुक्त बैठकपछि आजै साँझ ६ बजे प्रतिनिधिसभाको अर्को बैठक बस्नेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित