FLASH NEWS
- Loading...
भारतमा कोरोना संक्रमितको संख्या एक लाख नाघ्यो
- गोल्डेन खबर
- ४ साल अघि
- १६३ पटक पढिएको


छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण रोक्न लकडाउन लागू भएको करिब ८ साता बित्दा पनि भारतमा संक्रमण बढेको बढ्यै छ।
त्यहाँ कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक लाख नाघेको छ। पछिल्लो २४ घण्टामा नै त्यहाँ ४ हजारभन्दा बढी संक्रमित थपिएका छन् भने १३१ जनाको मृत्यु भएको छ।
योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १५६ पुगेको छ।
संक्रमितमध्ये ३९ हजार २३३ जना भने निको भएका छन्। ५७ हजार ९३९ ‘एक्टिभ केस’ छन्। भारतका महाराष्ट्र, गुजरात, तमिलनाडु, दिल्ली, राजस्थान राज्य बढी प्रभावित छन्। एजेन्सी
प्रतिक्रिया दिनुहोस