FLASH NEWS
- राजनीतिक अस्थिरता र हिंसाका घटनाप्रति चिन्ता व्यक्त गर्दै पूर्वप्रधानमन्त्रीको प्रेस विज्ञप्ति |
- राजस्थानको पहिलो जित |
- आजको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले विपक्षीको मागमा जवाफ दिनुहुने |
- पार्टीको कार्यकारी भूमिकामा फर्कंदै रवि लामिछाने |
- सिकन्दर पहिलो दिनको बक्स अफिस संकलन अनुमान, ओपनिङ डे कलेक्शन |
मोेटरसाइकलले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु, दुई घाइते
- गोल्डेन खबर
- ८ साल अघि
- १५४ पटक पढिएको

रत्ननगर (चितवन), १४ फागुन । चितवनको भरतपुरस्थित बाइपास रोडमा मोटरसाइकलको ठक्करबाट एकजना पैदल यात्रीको मृत्यु भएको छ ।
गएराति भरतपुरको आँपटारीबाट बाइपास रोड हुँदै केन्द्रीय बसपार्कतर्फ जाँदै गरेको ना २५ प ३८३९ नम्बरको मोटरसाइकलले भरतपुर–११ को बौद्धगुम्बा अगाडि पैदलयात्रीलाई ठक्कर दिँदा सो दुर्घटना भएको हो ।
राति करिब ९ः३० बजेको समयमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका भरतपुर–११ बसेनीका ५४ वर्षीय वीरबहादुर विकको भरतपुर मेडिकल कलेजमा उपचारका क्रममा राति नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी मोटरसाइकल चालक भरतपुर–१० का २० वर्षीय नरेन्द्र थापा र पछाडि बस्ने धादिङका १९ वर्षीय विक्रम तामाङ घाइते भएका छन् ।
उनीहरुको सोही मेडिकल कलेजमा उपचार भइरहेको छ । थापाको अवस्था भने गम्भीर रहेको प्रहरीले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस