FLASH NEWS
  • Loading...

कोरोना संक्रमित बढेपछि परीक्षणलाई तीब्रता दिन कांग्रेसको माग

  • गोल्डेन खबर
  • ४ साल अघि
  • ९२ पटक पढिएको
कोरोना संक्रमित बढेपछि परीक्षणलाई तीब्रता दिन कांग्रेसको माग

पाली कांग्रेसले कोरोना परीक्षणको दायरा बढाउनुपर्ने माग दोहोर्‍याएको छ। कोरोना परीक्षणको दायरा बढाउन माग गर्दै आएको कांग्रेसले उदयपुरपछि बाँकेमा ठूलो संख्यामा संक्रमित भेटिएपछि परीक्षणलाई थप व्यापक र दायरा बढाउनुपर्नेमा जोड दिएको हो।

कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई टेलिफोन गरी कोरोना संक्रमित क्षेत्रमा उच्च सतर्कता अपनाउनसमेत सरकारको ध्यानाकर्षण गराए। ‘कुराकानीको क्रममा प्रमुख सचेतकले त्यस क्षेत्रमा उच्च सतर्कता अपनाउनु पर्ने तथा आवश्यक स्वास्थ्य सामग्रीकोे यथेष्ठ व्यवस्थाका साथै विशेषज्ञ सहितको थप मेडिकल टोली परिचालन गर्नुपर्नेमा जोड दिनुभयो,’कांग्रेस संसदीय दलद्वारा जारी प्रेस नोटमा भनिएको छ, ‘संक्रमित व्यक्तिहरु अरु थुप्रै व्यक्तिसँग सम्पर्कमा पुगेको हुनसक्ने भएको हुँदा त्यसलाई मध्यनजर गरी सम्पर्कमा आएका व्यक्तिहरुको तत्काल खोजी गरी परिक्षण गर्नुपर्ने र थप संक्रमण फैलन नदिन सावधानी अपनाउनुपर्ने बारे धारणा व्यक्त गर्नुभयो।’

प्रमुख सचेतक खाणले रुपन्देही जिल्लाको मर्चवार क्षेत्रको कोटहीमाई गाउँपालिका–१ का भारतबाट आएका एक युवकलाई कोरोना भाइरस संक्रमणको पुष्टि भएकाले ति व्यक्तिको सम्पर्कमा आएको सबैको पहिचान गरी कोरोना परीक्षण गर्न स्वास्थ्यमन्त्रीसँग आग्रह गरे। विभिन्न ठाउँमा स्वास्थ्य सामग्रीहरुको अभाव रहेको जानकारी गराउँदै उनले तत्काल आवश्यक सामग्रीहरु व्यवस्थाका लागिसमेत सरकारको ध्यानाकर्षण गराएका थिए। जवाफमा मन्त्री ढकालले स्वास्थ्य सामग्री अभाव भएका स्थानहरुमा यथाशीघ्र पठाइने जानकारी गराएको विज्ञप्तिमा उल्लेख छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित