FLASH NEWS
- Loading...
धरौटीमा रिहा भएलगत्तै फेरि पक्राउ परे सुलभ अग्रवाल
- गोल्डेन खबर
- ४ साल अघि
- ८८ पटक पढिएको
गदम्बा ग्रुपका संचालक सुलभ अग्रवाललाई प्रहरीले पुन: पक्राउ गरेको छ। जिल्ला अदालत काठमाडौंका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले अग्रवाललाई २५ लाख ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो। धरौटीमा रिहा भए लगत्तै प्रहरीले अग्रवाललाई अदालत परिसरबाटै फेरि पक्राउ गरेको हो। कालोबजारी अभियोगमा समातिएका अग्रवाललाई सम्पत्ती शुद्धिकरणको मुद्दामा पक्राउ गरिएको प्रहरीले जनाएको छ। ्
अग्रवालले ज्वरो नाप्ने इन्फारेड थर्ममिटर १५ हजार रुपैयाँसम्म लिएर बिक्री प्रहरीले जानकारी दिएको छ। महानगरीय अपराध महाशाखाको टोलीलाई अग्रवाललाई चैत २५ गते कालोबजारीको अभियोगमा नियन्त्रणमा लिएको थियो। उनीविरुद्ध प्रहरीले चारवटा मुद्दा दर्ता गरेको छ।
प्रतिक्रिया दिनुहोस