- Loading...
ईपीएस पास गरेकाहरु कोरिया जान पाउने सरकारको निर्णय
- गोल्डेन खबर
- ४ साल अघि
- ८० पटक पढिएको
सरकारले इपिएसअन्तर्गत कोरिया जाने श्रमिकलाई कोरिया लैजान दिने निर्णय गरेको छ। आइतबारको मन्त्रिपरिषद बैठकले यो निर्णय गरेको अर्थमन्त्री युवराज खतिवडाले बताए।
दुई देशको सहमतिमा श्रमिक कोरिया लैजाने उनले जानकारी दिएका छन्। बैठकले लक डाउनको समय १० दिन थप गर्दै वैशाख २५ गतेसम्म जारी राख्ने निर्णय गरेको छ। पछिल्लो पटक थप भएको समय वैशाख १५ गते सोमबार सकिँदै थियो।
पूर्वनिर्धारित लक डाउनको समय सकिनु एक दिन अगाडि नै सरकारले १० दिन अझ लम्ब्याउने निर्णय गरेको हो। पहिलो पटक सरकारले चैत ११ गतेबाट लागु हुनेगरी एक हप्ताका लागि लक डाउन घोषणा गरेको थियो । त्यपछि पटक पटक समय थप हुँदै वैशाख १५ गतेसम्म पुर्याइएको थियो।
आइतबार नै बैठकले अन्तर्राष्टिय सीमानाकाहरु वैशाख ३१ गतेसम्म बन्द नै राख्ने निर्णय गरेको छ। बाह्य जगतबाट कोरोनाको जोखिम अझै रहेकाले सीमानाकाहरु वैशाख ३१ गतेसम्म बन्द गर्ने निर्णय बैठकले गरेको सरकारका प्रवक्ता समेत रहनुभएका अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा। युवराज खतिवडाले बताए।