- Loading...
नेदरल्याण्डसको लिग स्थगित : कुनै क्लब च्याम्पियन र रेलिगेट नहुने
- गोल्डेन खबर
- ४ साल अघि
- १०० पटक पढिएको
नेदरल्यान्डको शीर्ष डिभिजन फुटबल लिग दी एरेडिभिजको यो सिजन रद्द भएको छ।
कोरोना भाइरसको महामारीले बीचैमा स्थगित भएको लिगको यो सिजनका खेल सुचारु गर्न नसकेपछि रद्द गरिएको हो ।
लिग बीचमै रद्द गर्नु परेपछि यो सिजनमा कुनै पनि टीमलाई विजेता घोषणा गरिएको छैन् भने कुनै टिमलाई घटुवा समेत गरिएको छैन।
कोरोना भाइरसका कारण नेदरल्याण्डको सरकारले मुख्य इभेन्ट्सहरु सेप्टेम्बर १ सम्म नगर्न निर्देशन दिएपछि लिगको यो सिजन रद्द गरिएको हो।
डच फुटबलको नियामक संस्था केएनभिबीले भनेको छ,ञ २०१९र०२० को सिजनलाई संचालन गर्न असम्भव देखियो ।झ
लिगमा ९ खेल बाँकी रहँदा अजाक्स अंक तालिकामा एजेड अलकमारसँग गोल अन्तरले अगाडि रहेपनि च्याम्पियन भने घोषणा गरेको छैन्।
लिग बीचैमा रोकिएपछि शीर्ष दुई टोली अजाक्स र अलकमार च्याम्पियन्सलिगको छनोट चरणका खेल्नेछन् ।
केएनभिबीले भनेको आफू यो निर्णय लिन बाध्य भएको र यसले आफुहरुलाई पनि दुखी बनाएको बताएको छ ।