- Loading...
भारतीय क्वारेन्टाइनमा रोकिएका किरियापुत्रीलाई नेपाल ल्याइयो
- गोल्डेन खबर
- ४ साल अघि
- १०८ पटक पढिएको
बुबाको मृत्युपछि भारतको क्वारेन्टाइनमै किरिया बसेका तीन नेपालीलाई अन्ततस् फर्काइएको छ ।
मजदुरी गर्न भारत गएका बैतडीको पुर्चौँडी नगरपालिकाका तीन भाइ लकडाउनपछि त्यहि क्वारेन्टाइनमा किरिया बसेका थिए।
गत वैशाख ७ गते उनका बुवा उजलेले प्राणत्याग गरेपछि उनका ५ छोरा मध्ये तीन छोरा प्रेम धामी, अमर धामी र राम धामी भारतको पिथौरागढमा रहेको क्वारेन्टाइनमै किरियामा बसेका हुन ।
बुधबार मात्रै जिल्ला प्रशासन कार्यालय बैतडीले पिथौरागढका डिएमसँग कुराकानी गरी तीनै जनालाई नेपाल फर्काएका हुन् ।
प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलका अनुसार भारतको पिथौरागढका डिएमसँग कुराकानी गरी तीनै जनालाई झुलाघाट नाकाबाट नेपाल फर्काइएको हो । नेपाल फर्काइएका तीनैजनालाई जिल्ला अस्पतालमा राखिएको छ । उनीहरुको र्यापिड डाइग्नोस्टिक टेस्ट गरिने प्रजिअ पौडेलले बताए ।
भारतको पिथौरागढमा काम गर्दै आएका ती मजदूर लकाडाउनका कारण घर आउन पाएका थिएनन् । भारतीय क्वारेन्टाइनमै बसिरहेका बेला बुवाको मृत्युको खबर पाएपछि आफूहरुले भारतीय क्वारेन्टाइनमै किरिया शुरु गरेको अमरसिंह धामीले जानकारी दिए ।
यसअघि दार्चुलाको शैल्यशिखर नगरपालिका–१का वासुदेव भट्ट आमाको मृत्यु भएको पाँच दिनपछि नेपाल फर्किएका थिए ।