FLASH NEWS
  • Loading...

प्रधानमन्त्रीलाई रामकुमारीको प्रश्नः किन कुबुद्धी आएको ?

  • गोल्डेन खबर
  • ४ साल अघि
  • १३८ पटक पढिएको
प्रधानमन्त्रीलाई रामकुमारीको प्रश्नः किन कुबुद्धी आएको ?

प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएसँगै सत्तारुण दलमा तरंग छाएको छ।

सरकारको सिफारिसमा आजै राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७७ जारी गरेकी छिन्।

यो कदमको सत्तारुढ दलकै नेताहरुले यसमा असन्तोष प्रकट गरिरहेका छन्।

यस्तो बेलामा अध्यादेश ल्याउनु लोकतन्त्रका लागि फाइदा नहुने भन्दै नेकपाकी नेतृ रामकुमार झाँक्रीले असन्तोष प्रकट गरेकी छिन्। उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेकी छिन्, पार्टी बिभाजन गर्न सजिलो पार्न ल्याएको अध्यादेशले लोकतन्त्रलाई बलियो बनाउछ रे हो? किन कुबुद्धि आएको?

यसैगरी उनले पार्टी विभाजन गर्ने दुस्वप्न देखेर अध्यादेश ल्याएको भए त्यो अपराध हुने दाबी गरेकी छिन्। ुकानुनले पार्टी फूट्न र रोक्न दुबै सक्छ।जसको पार्टी बिभाजन गर्ने दुश्वप्ना देखेर अध्यादेश ल्याए पनि त्यो अपराध हो,ु उनले थप भनेकी छिन्, ुकिन की आज हामीलाई राजनीतिक एकता चाहिएको छ। विभाजन होइन।ु

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित