FLASH NEWS
  • Loading...

कञ्चनपुरमा विवाहमा पाँचजना बढी सहभागी हुन नपाइने

  • गोल्डेन खबर
  • ४ साल अघि
  • १०९ पटक पढिएको
कञ्चनपुरमा विवाहमा पाँचजना बढी सहभागी हुन नपाइने

कञ्चनपुरमा हुने विवाहमा अधिकतम ५ जनामात्रै सहभागी हुन पाउने निर्णय भएको छ । जिल्ला प्रशासन कार्यालयले कोरोनाभाइरसको जोखिम न्युनीकरण गर्नका लागि यस्तो निर्णय गरेको छ । प्रशासनको निर्णयमा भनिएको छ,“विवाह प्रयोजनमा अधिकतम ५ जना उपस्थित भइ सामाजिक दुरीलगायत कोभिड–१९ को जोखिम न्युनीकरणका उपायहरु अबलम्बन गरेर विवाह कार्य सम्पन्न गर्नहुन स्पष्ट गरिन्छ ।”

यस्तै प्रशासनले जिल्लाभित्र हुने विवाहका लागि सवारी पास आवश्यक नपर्ने, गाडीमा शुभ विवाहको व्यानर राख्नुपर्ने, बेहुला–बेहुली, पण्डित र पुजा सामग्री राख्न आग्रह गरेको छ । कञ्चनपुरमा हालसम्म एकजनामा मात्रै कोरोनाभाइरसको संक्रमण देखिएको छ । कोरोना संक्रमित युवाको कैलालीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित