- Loading...
प्रधानमन्त्रीको सम्बोधनः सरकारले भ्रष्टाचार गरेको छैन
- गोल्डेन खबर
- ४ साल अघि
- १०१ पटक पढिएको
प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले सामाजिक सन्जाल तथा मिडियामा आएका विषयहरुमाथि पनि आफ्नो सम्बोधनमा प्रसंग उठाएका छन् ।
उनले कुनै स्वार्थमा लागेर मिडियाले अहिले अफवाह फैलाइरहेको आरोप पनि लगाएका छन् ।
तर, सरकारले यो महामारीमा कुनै भ्रष्टाचार नगरेको उनले बताएका छन् । ‘हामी भ्रष्टाचारलाई सोच्न सक्दैनौँ,’ उनले भनेका छन्, ‘यसबीच केही भएको पनि छैन ।’
यहीबीच उनले यो महामारीबीचमा सन्चारमाध्यमले खेलेको भूमिकालाई पनि धन्यवाद दिएका छन् । उनले अन्य दलका नेतालाई पनि धन्यवाद दिएका छन् ।
उनले सन्चारमाध्यमलाई अझ सहयोगी बन्न पनि अनुरोध गरेका छन् ।
उनले भनेका छन्:
समाजमा उठ्ने गरेका, खासगरी मिडिया र सामाजिक सञ्जालमा आउने गरेका आलोचना, टिप्पणी र सुझावप्रति मेरो पर्याप्त ध्यान गएको छ । मानवजाति विरुद्ध आइलागेको राष्ट्रिय र विश्वव्यापी संकटको यस्तो परिस्थितिमा एकजुट भई लड्नु पर्ने समयमा सरकारलाई असफल देखाउन र आफ्ना विभिन्न प्रकारका निहीत स्वार्थ पूरा गर्न चलाइएका प्रचारबाजी बेमौसमी बाजा जस्तै हो र यस्तो प्रवृत्ति किमार्थ प्रशंसनीय हुन सक्दैन । भ्रष्टाचार नगर्ने र हुन नदिने वर्तमान सरकारको प्रतिवद्धतालाई लगातारको निराधार कूप्रचारले कमजोर पार्न सक्ने छैन । कहिँ कतै अनियमितता र भ्रष्टाचारजन्य कुरा देखिएमा निर्ममतापूर्वक कारवाही गर्न वर्तमान सरकार किंचित पछि पर्ने छैन ।