- Loading...
कांग्रेसद्वारा कोरोनाबारे जानकारी दिने ‘एप’ सार्वजनिक
- गोल्डेन खबर
- ४ साल अघि
- १०६ पटक पढिएको
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाबारे जानकारी दिने वेब सार्वजनिक गरेको छ ।
कांग्रेसले ‘कोभिड-१९ स्व-परीक्षण एप’ सोमबारदेखि सञ्चालनमा ल्याएको हो। प्रवक्ता विश्वप्रकाश शर्मा संयोजक रहेको कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले एप सञ्चालनमा ल्याएको हो ।
सोमवारबाट सञ्चालनमा ल्याइएको उक्त एपले कोरोनाबारे अत्यावश्यक जानकारी दिनुका साथै साथै विश्व र नेपालको ताजा अपडेट पनि राखिएको प्रवक्ता शर्माले बताएका हुन् । भने कसैमा कोरोना संकेत देखिए भौतिक परिक्षण र उपचारका लागि प्ररित गर्ने । नदेखिए मानसिक तनावबाट मुक्तिलाई सघाउने शर्माले निकालेको विज्ञप्तीमा उल्लेख रहेको छ ।
शर्माका अनुसार विशेषज्ञ चिकित्सकहरुको परामर्शमा कांग्रेसको सूचना,संचार तथा प्रचार विभागले आज वेब एप सार्वजनिक गरेको हो साथै ज्वरोका विरामीलाई प्रत्यक्ष रूपमा ट्रेस गर्ने प्रणालीको विकास गर्ने तयारी रहेको पनि प्रवक्ता शर्माले बताएका छन् ।
हालसम्म नेपालमा ९ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । भने १ जना निको भएर घर फर्किएका छन् । महामारी फैलिएको खण्डमा संक्रमित व्यक्तिको घर पहिचान गरेर उसलाई अस्पतालसम्म पुर्याउन सरकार वा स्वयमसेवीहरूलाई त्यसले सहयोग पुर्याउने योजनाका साथ उक्त एप सार्वजनिक गरिएको शर्माले बताएका छन् ।