FLASH NEWS
  • Loading...

एकाबिहानै लकडाउन उल्लंघन गर्ने १ हजार २८८ जना नियन्त्रणमा

  • गोल्डेन खबर
  • ४ साल अघि
  • ९५ पटक पढिएको
एकाबिहानै लकडाउन उल्लंघन गर्ने १ हजार २८८ जना नियन्त्रणमा

विश्वभर महामारीका रुपमा फैलिकएको कोरोनाभाइरसको भाइरसको संक्रमण फैलन नदिन सरकारले लागू गरेको लकडाउनको आज १३ ‍औं दिन ।

काठमाडौं उपत्यका लगायत मुलुकका मुख्य शहर सुनसान छन् । लकडाउन उल्लंघन गर्नेहरुलाई प्रहरीले थप कडाई गरेको छ ।

आज बिहान ८ बजेसम्म लकडाउन उल्लंघन गर्ने १ हजार २८८ जनालाई प्रहरीले पक्राउ गरेको छ । जसमा १ हजार ४० जना पुरुष र २ सय ४८ जना महिला रहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी लकडाउनको उल्लंघन गर्ने ६२ वटा सवारी साधन समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

लकडाउनको अवधिमा अत्यावश्यक बाहेकका काममा हिँनडुल गर्नेलाई प्रहरीले कारबाही गर्ने गरेको छ ।

लकडाउनका कारण मुख्य सडकमा आवतजावत ठप्प छ भने भित्रि सडकमा सामान्य चहलपहल छ । कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रहरीले घर बाहिर ननिस्किन तथा उच्च सुरक्षा सतर्कता अपनाउन आग्रह गरिरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित