- Loading...
सेनालाई स्वास्थ्य सामग्री खरिद गर्न दिने विषयमा बाबुराम र कमल थापाको प्रश्न
- गोल्डेन खबर
- ४ साल अघि
- ९१ पटक पढिएको
पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष बाबुराम भटराई तथा राष्टिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सेनामार्फत् स्वास्थ्य उपकरणलगायतका सामग्री खरिद प्रक्रियामा प्रश्न उठाएका छन्।
कोरोना भाइरस (कोभिड-१९)को सम्भावित जोखिम नियन्त्रण र संक्रमण फैलिन नदिनका लागि सरकारले नेपाली सेनामार्फत् स्वास्थ्य सामग्री खरिद गर्ने निर्णय गरेलगत्तै भटराई र थापाले प्रश्न उठाएका हुन्।
सरकार आफैँले निर्णय गर्न नसकेर सेनाको जिम्मा लगाउनु उपयुक्त नभएको भन्दै सो निर्णय सच्याउन भट्टराई र थापा दुवैले जोडसमेत गरेका छन्।
भाइरस मार्ने बन्दुक र गोलीले हैन होला, अनि सरकारले किन चीनबाट स्वास्थ्य सामग्री किन्न सेनालाई अघि सारेको होलारु के वाणिज्य, आपूर्ति लगायतका निजामती निकाय छैनन र ?, भट्टराईले प्रश्न गरेका छन्, जीटुजी विधिबाट पहिल्यै किन नल्याएकोरु के सेना अख्तियारको दायरमा पर्दैन भनेर होरु चोरको खुट्टा काटभन्दा किन खुट्टा तानेको ?
यता, राप्रपा अध्यक्ष थापाले पनि सेनालाई सामग्री खरिदको जिम्मा दिनु भनेको सरकारका मन्त्री असक्षम भएको सन्देश जानेतर्फ सचेत गराएका छन्। सार्वजनिक खरिद बिक्रीको काममा समेत सेनालाई प्रयोग गर्नु उपयुक्त हुँदैन। सेनाले पनि त्यस्तो जिम्मा स्वीकार गर्नु हुँदैन, उनले सामाजिक सञ्जालमा लेखेका छन्, त्यसैले सरकारको नियमित कार्य क्षमतामा ह्रास आएको र असक्षम भएको प्रमाणित गर्दछ। मलाई लाग्दैन, हामी त्यो अवस्थामा पुगिसकेका छौं।
सेनालाई लगाएर सामान खरिद गर्ने भन्ने निर्णयप्रति भटराई र थापालगायत अधिकांशले आपत्ति जनाएका छन्। सरकार सञ्चालनमा असक्षम हुँदै गएपछि सेनाको शरणमा जानुपर्ने अवस्था देखा परेको भन्दै आलोचनासमेत हुन थालेको छ।