FLASH NEWS
  • Loading...

कास्कीको क्वारेन्टाइनमा रहेका एक विरामीको मृत्यु

  • गोल्डेन खबर
  • ४ साल अघि
  • ९२ पटक पढिएको
कास्कीको क्वारेन्टाइनमा रहेका एक विरामीको मृत्यु

क्वारेन्टाइनमा राखिएका एक व्यक्तिको मृत्यु भएको छ । भारतको हैदराबादबाट नेपाल फर्किएका कास्कीको रुपा गाउँपालिका घर भएका ती व्यक्तिको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको हो ।

मृतक लामो समयदेखि मुटुको रोगले थलिएका थिए । मृतकलाई हिजोदेखि रुपा गाउँपालिकाको क्वारेन्टाइनमा राखिएको थियो । अनुसार मृतक लामो समयदेखि मुटुको रोगी रहेको गाउँपालिका अध्यक्ष नवराज ओझाले बताए । उनको कलेजोमा पानी जमी राखेको सम्भावना गरिएको थियो ।

साथै उनलाई अस्पताल ल्याउनु अघि नै मृत्यु भई सकेको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक डाक्टर अर्जुन आचार्यले जानकारी दिए । मृतक मुटुको रोगी भए पनि कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको पो हो कि भन्ने हाम्रो प्रश्नमा डा। अर्जुन आचार्यले कोरोना भाइरसको संक्रमण भए नभएको पुष्टि नभएको बताएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित