भारतमा रहेका नेपालीलाई दूतावासको आग्रह : ‘त्यतै सुरक्षित भएर बस्नू’

  • गोल्डेन खबर
  • ५ साल अघि
  • १६२ पटक पढिएको
भारतमा रहेका नेपालीलाई दूतावासको आग्रह : ‘त्यतै सुरक्षित भएर बस्नू’

भारतमा रहेका नेपालीलाई सुरक्षितसाथ त्यही ठाउँमा बस्न नेपाली दूतावासले आग्रह गरेको छ।

नेपाल-भारत सिमा नाका बन्द गरिसकेको अवस्थामा भारतस्थित नेपाली दुतावासले आफु रहेको ठाउँ नछाडि सुरक्षित बस्न विज्ञप्तीमार्फत आग्रह गरेको छ।

दुतावासले कोरोना नियन्त्रण तथा रोकथामका लागि भारतको केन्द्रीय तथा प्रान्तीय सरकारले जारी गरेका निर्देशनहरुलाई पालना गर्न पनि आग्रह गरेको छ।

कोरोना नियन्त्रणका लागि भारतले लामो दुरीका सवारीसाधनसहित रेलमा पनि प्रतिबन्ध लगाइसकेको छ। भारतमा बढ्दो संक्रमणको असरलाई कम गर्न नेपाल सरकारले सोमबारदेखि लागु हुने गरि सिमा नाका बन्द गरेको छ।

नेपालले काठमाडौँबाट चल्ने लामो दुरीका सवारी साधन सन्चालनमा पनि सोमबारदेखि रोक लगाएको छ। आइतबार मध्यरातदेखि लागु हुनेगरि नेपाल आउने सम्पुर्ण नियमित अन्तर्राष्ट्रिय उडान पनि बन्द गरिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित