FLASH NEWS
  • Loading...

कृषिमन्त्रीद्वारा पुरानै योजना सार्वजनिक

  • गोल्डेन खबर
  • ४ साल अघि
  • १५४ पटक पढिएको
कृषिमन्त्रीद्वारा पुरानै योजना सार्वजनिक

कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले मन्त्रालयको जिम्मेवारी समालेको १ सय २० दिन (चार महिना)पछि कार्ययोजना सार्वजनिक गरेका छन् ।

भुसालले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको जिम्मेवारी ५ मंसिरबाट समालेको थिए । कृषि क्षेत्रमा आमुल परिवर्तन ल्याउने योजना बनाउन बसेका भुसालले अन्तत १ सय २० दिन अध्ययनमा बिताएर पुरानै कार्ययोजना सार्वजनिक गरेका छन् । भुसालले मन्त्रालयको जिम्मेवारी १ सय २० पछि बुधबार मन्त्रालयमै पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका कार्ययोजना पुरानै छन् । भुसालले चार महिना लामो अध्ययनमा विगतका कृषि मन्त्रीले सार्वजनिक गरेका कार्ययोजनालाई नै परिमार्जन गरी आप्mनो कार्ययोजना सार्वजनिक गरेका छन् ।

मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि नै मन्त्री भुसाल आपूm अध्ययन रहेको बताउँदै आएका थिए । चिनी उद्योगीबाट उखुको बक्यौता नपाएर जिल्लाबाट काठमाडौंमा दुई हप्तासम्म आन्दोलन आउँदासमेत मन्त्री भुसालले किसानको हकमा केही बोलेका थिएनन् । भुसाल कृषिमन्त्रीको जिम्मेवारी पाउँदा धेरै उनीमाथि कृषि क्षेत्रको विकास र कृषिको अधिकार सुनिश्चित हुने आशा परेका थिए ।

मन्त्री भुसालको १ सय २० दिन लामो अध्ययन गरेर सार्वजनिक गरेको कार्ययोजनाले निराश तुल्याएको छ । चार महिना लामो अध्ययन गरेर कृषि उत्पादन व्यवस्थाका लागि पाँच नीतिगत आधारबाट क्षेत्रको विकास हुने निष्कर्ष मन्त्री भुसालले आप्mनो कार्ययोजना प्रस्तुत गरेका छन् ।

मन्त्री भुसालले आप्mनो पहिलो कार्य योजनामा उत्पादन सामग्रीमा अनुदान दिने बताएकाब छन् । जुन किसानलाई सामग्रीमा अनुदान दिने कार्य मन्त्रालयले विगतदेखि दिइदै आएको थियो । मन्त्रालय किसानलाई ५० प्रतिशतसम्म कृषि सामग्री अनुदान दिइँदै आएको थियो । मन्त्री भुसालले उत्पादन सामग्रीमा अनुदानमा व्यक्तिगत प्रतिस्पर्धात्मक अनुदानका सट्टामा सबैले पाउने गरी बीउ, नश्ल, मल, सिँचाइ, बिजुलीजस्ता उत्पादनका मुख्य सामग्रीमा अनुदान केन्द्रित गरिने भएर उनीहरूले सर्वसुलभ बनाइने बताएका छन् ।

यसैगरी, भुसालले सबै किसानको घरदैलोमा प्राविधिक सेवा टेवा उपलब्ध गराउने बताएका छन् । हरेक किसानले प्राविधिक सेवा पाउने कुराको ग्यारेन्टी गरिनेछ । स्थानीय तहमा करिब ८ हजार कृषि तथा पशु सेवातर्फका प्राविधिक जनशक्तिको दरबन्दी रहेकोमा स्थानीय तहसँग समन्वय गरी अहिले रिक्त रहेका करिब ६ हजार दरबन्दीमा अविलम्ब पदपूर्ति गरिने बताएका छन् । यस्तै, भुसालले सस्तो र सुलभ ऋण ः सस्तो ब्याजदरको ऋणमा वास्तविक किसानको पहुँच ग्यारेन्टी नभएको अहिलेको अवस्थालाई अन्त्य गरिनेछ र हरेक किसानलाई ५ प्रतिशत नबढ्ने गरी सस्तो ब्याजमा सुलभ ऋणको प्रत्याभूति गरिने आप्mनो कार्ययोजना उल्लेख गरेका छन् ।

बाली तथा पशुपन्छी बिमास् कृषि तथा पशुपन्छी बिमा कार्यक्रमलाई सहज र सस्तोमा किसानको पहुँचमा पु‍¥याउने ग्यारेन्टी गरिने छ । प्राकृतिक प्रकोप र अन्य भवितव्यबाट कृषि बाली ९वस्तुको हानि नोक्सानीबाट किसानलाई सुरक्षित गरिनेछ ।न्यूनतम बचतको ग्यारेन्टी स् किसानले उत्पादन गर्ने मुख्य बाली ९वस्तुको उत्पादन लागतको मूल्यांकन गरेर उचित बचतको ग्यारेन्टी हुने गरी न्यूनतम समर्थन मूल्य तोकिनेछ । किसानले आफ्नो उत्पादन सरकारले तोकेभन्दा बढी मूल्यमा बजारमा बेच्न सक्नेछन् तर बजारमा न्यूनतम मूल्य पनि नपाएमा खरिद गर्ने व्यवस्था सरकारले गर्ने मन्त्री भुसालले बताएका छन् ।

मन्त्री भुसालले आप्mनो कार्ययोजना प्रस्तुत गर्दै भने, नीतिगत आधारको प्रस्थान बिन्दु र गन्तव्य किसान, किसान र फेरि पनि किसान नै हुन् । अब हाम्रा उपलब्धि कति किसानलाई उपरोक्त कृषि उत्पादन व्यवस्थाभित्र ल्याइयो भन्ने कुरामा आधारित हुनेछ ।

यी नीतिगत आधारहरूको कार्यान्वयन र अभ्यासको नेतृत्व संघीय, प्रादेशिक र स्थानीय सरकारले सहअस्तित्व, सहकार्य र समन्वयका आधारमा गर्नेछन् । हाम्रा नीति, कार्यक्रम र बजेट एवं वैदेशिक सहयोग तथा हाम्रो समस्त भौतिक तथा मानवीय साधनस्रोत सो उद्देश्य प्राप्तिका लागि केन्द्रित गरिनेछ । परिणामतः कृषिमा रहेको हरेक व्यक्ति न्यूनतम बचतको भागीदार छ भन्ने कुरा ग्यारेन्टी हुनेछ । संक्षेपमा ‘संरक्षित कृषि, सुनिश्चित बचत’ को आकांक्षा मूर्त हुँदै जानेछ ।

मन्त्री भुसालले कार्ययोजनामा सानो भूस्वामित्वको बहुलताले गर्दा हाम्रो कृषि उत्पादनको यस नयाँ व्यवस्थामा कृषि सहकारी वा सहकारीताको महत्वपूर्ण भूमिका हुनेछ । जहाँसम्म निजी क्षेत्रको भूमिकाको कुरा छ, हाम्रो सबैभन्दा ठूलो निजी क्षेत्र नै किसान हुन् ।

राजधानीबाट साभार

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित