FLASH NEWS
  • Loading...

एसइई परीक्षा तोकिएकै समयमा

  • गोल्डेन खबर
  • ४ साल अघि
  • ९१ पटक पढिएको
एसइई परीक्षा तोकिएकै समयमा

कोरोना भाइरस (कोभिड-१९)का कारण पूर्वनिर्धारित समयभन्दा पछाडि सार्ने भनिएको एसइई परीक्षा तोकिएकै समयमा हुने भएको छ। शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोख्रेलले परीक्षाका लागी सम्पूर्ण तयारी सकिएको र तोकिएकै समयमा परीक्षा सञ्चालन हुने बताएका हुन्।

चैत ६ गतेबाट सुरु हुने परीक्षा १७ गतेसम्म सञ्चालन हुनेछ। यसवर्ष देशभर १ हजार ९ सय ९४ केन्द्रमा सञ्चालन हुने परीक्षामा ४ लाख ८२ हजार २ सय १९ विद्यार्थी सहभागी हुदैँछन्।

स्वास्थ्य क्षेत्रका विज्ञ तथा शिक्षाका सरोकारवालाहरूसँगको परामर्शपश्चात परीक्षा समय नसार्ने निर्णय गरिएको मन्त्री पोखरेलले बताए। मन्त्रालयले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्ररेलको संयोजकत्वमा गठित कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय अनुगमन समितिसँग पनि परीक्षाको मिति सार्ने विषयमा छलफल गरेको थियो। उक्त छलफलका क्रममा पूर्व निर्धारित समयमा सावधानीका साथ परीक्षा सञ्चालन गर्न सकिने निश्कर्ष आएकाले सोहीअनुसार परीक्षा सञ्चालन हुने लागेको मन्त्रालयले जनाएको छ।

परीक्षा अवधिभर प्रत्येक परीक्षा केन्द्रमा ‘हेल्थ डेस्क’ राख्नका लागि ७ सय ७३ वटै स्थानीय तहलाई शिक्षा मन्त्रालयले अनुरोध गरेको छ। एसइई परीक्षालाई मनोवैज्ञानिक त्रासमुक्त वातावरणमा सम्पन्न गर्नका लागि अभिभावक र विद्यार्थीलाई सतर्क रहन र साबुनपानीले हातधुन पनि मन्त्रालयले अनुरोध गरेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित