FLASH NEWS
  • Loading...

ग्यास अभाव हुन नदिन निगमले आयातको परिमाण बढाइयो, एक हप्तामा सहज हुने

  • गोल्डेन खबर
  • ४ साल अघि
  • ९६ पटक पढिएको
ग्यास अभाव हुन नदिन निगमले आयातको परिमाण बढाइयो, एक हप्तामा सहज हुने

सरकारले कोरोना भाइरसको त्रास देखाएर दैनिक उपभोग्य वस्तुमा कृत्रिम अभाव गराएको भन्दै बजार अनुगमन गर्न थालेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट स्वय‌म उपभोक्ताको भेषमा काठमाण्डौ र पोखराको बजार अनुगमन गरीएको हो । फागुन अन्तिम हप्तादेखि नै काठमाण्डौको विभिन्न ठाउँको स्थलगत अनुगमन गर्न थालिएको छ ।

कोरोनाको त्रासका कारण आपूर्ति प्रणालीमा समस्या आएको, खाद्यान्न, औषधि तथा इन्धनको अभाव रहेको खबर आएपछि अनुगमनलाई तीव्र बनाइएको मन्त्री भट्टले बताएका छन ।

काठमाण्डौमा भने नेपाल ग्यासमा उपभोक्ताको चाप देखिएको छ । उपभोक्ताले भूकम्प र नाकाबन्दीको समयमा जस्तै सङ्कट व्यहोर्नुपर्ने त्रासका कारण दुईभन्दा बढी सिलिण्डर भण्डारण गरेका कारण ग्यास चाप देखिएको हो ।

नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष गोकुल भण्डारीले ग्यासको अभाव हुनसक्ने आशङ्कामा सर्वसाधारणले ग्यास भण्डारण गरेका कारण ग्यास वितरणमा असन्तुलन देखिएको बताउछन ।

‘ग्यास आपूर्तिमा कुनै समस्या छैन, निरन्तर नै ग्यास आइरहेको छ’, उनले भने, ‘एक सातामा बजारमा देखिएको हाहाकार समाप्त हुन्छ ।’

ग्यासको आयात बढाएका छौैँ : निगम

नेपाल आयल निगमले बजारको मागअनुसार नै आपूर्ति भइरहेकाले ग्यासको कुनै अभाव नहुने जनाएको छ । अनावश्यक ग्यास सिलिण्डर खरिद गरी राख्ने प्रवृत्तिले गर्दा बजार असन्तुलन हुन पुगेको निगमको भनाइ छ ।

निगमका प्रवक्ता वीरेन्द्र गोइतले अभाव हुन्छ भन्ने त्रासका कारण सर्वसाधारणले ग्यास भरेको सिलिण्डरको मौज्दात राख्न खोज्दा केही समस्या देखिएको बताए ।

उनले ग्यासको आपूर्तिमा कुनै समस्या नभएको र पछिल्ला दिनमा ग्यासका आयात बढाइएको बताए । ‘हामीले उद्योगीलाई माग अनुसारको ग्यास ल्याउन भनेका छौँ ’ ‘उद्योगीको मागअनुसार ‘पर्चेज डेलिभरी अर्डर’ निगमले दिइरहेको छ ।’

नयाँ सिलिण्डर नथुपार्न निगमको आग्रह

अभाव हुने त्रासका कारण उपभोक्ताको तर्फबाट ग्यासको खरिद अधिक भएपछि निगमले नयाँ सिलिण्डर किनेर नथुपार्न आग्रह गरेकोे छ । निगमले अनावश्यक सिलिण्डर राख्दा बजार असामान्य हुने, दुर्घटनाको सम्भावना बढ्ने हुँदा आफ्नो दैनिक आवश्यकता परिपूर्तिका लागि मात्र ग्यास गरिद गर्न आग्रह गरेको हो ।

एलपी ग्यास खरिद गर्दा नयाँ सिलिण्डर खरिद नगरी आफूसँग भएको खाली सिलिण्डर फिर्ता गरी ग्यास खरिद गर्न निगमले उपभोक्तालाई अनुरोध गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित