FLASH NEWS
  • Loading...

होलीमा लोलापानी नहान्नू, रंग नदल्नू विगतजस्तै गरी नमनाउन गृह मन्त्रालयको आग्रह

  • गोल्डेन खबर
  • ४ साल अघि
  • ९९ पटक पढिएको
होलीमा लोलापानी नहान्नू, रंग नदल्नू विगतजस्तै गरी नमनाउन गृह मन्त्रालयको आग्रह

गृह मन्त्रालले होली पर्वलाई विगतजस्तै गरी नमनाउन गृह मन्त्रालयको आग्रह गरेको छ ।

कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएपछि सरकारले ठूलो सभा सभारोह, भेला तथा कार्यक्रम गर्न रोक लगाएको छ । सरकार आफैंले सगरमाथा संवाद कार्यक्रम स्थगित गरेको छ भने खेल प्रतियोगिताहरु समेत रोकिएका छन् ।

गृह मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै कोरोनाको सम्भावित जोखिमलाई ध्यानमा राख्दै बढी भीडभाड हुने कुनै पनि सभा, सम्मेलन भेला था कार्यक्रम नगर्न आग्रह गरेको छ ।

मन्त्रालयले भनेको छ, ‘सन्निकट होलीमा विगतमा जस्तो भिडभाड, भेला जम्मा हुने, लोला पानी फ्याक्ने, शरीरमा रंग, अविर दल्ने कार्य पनि जोखिमपूर्ण हुने हुँदा सो कार्य नगर्नु नगराउन अनुरोध छ ।’

गृहले कोरोनाको संक्रमण रोक्न उपभोग्य बस्तु खरिद तथा भण्डारणमा हतार नगर्न अपील गरेको छ । कोरोना भाइरसको त्रासका कारण सार्वसाधारणले दैनिक उपभोग्य बस्तुका साथै ग्यास भण्डारण गर्न थालेपछि गृह मन्त्रालयले हतार नगर्न अपील गरेको हो । साथै कालोबजारी वा कृतिम अभाव गएको पाइए तत्काल सम्बन्धित निकायमा खबर गर्न समेत आग्रह गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित